असार २०, २०८२ शुक्रबार July 4, 2025

टाढा टाढामा सोफी र प्रभातको रोमान्स (भिडियो हेर्नुहोस्)

टाढा टाढा बोलको गीतको भिडियो रिलिज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको टाढा टाढा बोलको गीतको भिडियो रिलिज गरिएको छ। हाल अष्ट्रेलियामा बस्दै आएका गायक बरुवालकै  शब्द शृजना रहेको ढाढा टाढामा एक प्रेमील जोडीको प्रेम, रोमान्स र विरहको कथालाई देखाइएको छ।

कहिल्यै नछुट्टीने वाचा कसम खाएको प्रेमील जोडीको यो रोमान्टिक प्रेम कथालाई निर्देशक केशवराज  भट्टले निर्देशन गरेका हुन्। जहाँ सुन्दरी मोडल शोफी धरेल र ह्याण्डसम मोडल प्रभात पल ठकुरी गज्जबसँग खुलेका छन्।

कहिल्यै नछुट्टीने कसम खाएको यो जोडी एकाएक छुट्टीनु पर्दाको वियोगान्त गाथालाई साडे ७ मिनेटको भिडियोमा फिल्मी शैलीमा देखाइएको छ। कुनै एक रोमान्टिक फिल्मको प्रेम कहानी हेरेको जस्तै महशुस हुने टाढाटाढा हिमाल पारीको जिल्ला मुस्तागंका रमणीय दृश्यका कारण झनै विशेष बनेको बताउँछन् गायक तथा संगीतकार बरुवाल।

जुन गीतलाई  गीतकार समेत रहेका बरुवालले कोरोना महामारिको समयमा क्वारेन्टाइनमा बस्दा सृजना गरेका हुन्। उनले नेपालबाट अष्ट्रेलिया फर्किए लगत्तै क्वारेन्टाइन बस्ने क्रममा सिर्जना गरेका थिए। जुन अहिले आएर भिडियोका रुपमा तपाई हम्रा सामु छ।

रमन  बज्राचार्यको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहाल गरेका हुन् भने सम्पादन दिलशन शाहले गरेका हुन्। भिडियो गायक  बरुवालकै अफिसियल च्यानल केदार बरुवाल क्षेत्रीबाट रिलिज गरिएको हो।

गायक क्षेत्रीले यसअघि गाजलु, जब तिमी, कति थियो  सपना, एक पल तिमी नहुँदा, आँखैमा गाजल लगायत दर्जन  बढी गीत बजारमा ल्याइसकेका छन्।

गीतको भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार