असार २६, २०८२ बिहिबार July 10, 2025

तीन करोड भ्रष्टाचार गरेको आरोपमा युगल किशोर ठाकुर बिरुद्ध अख्तियारद्धारा बिशेष अदालतमा मुद्धा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका सिमरा बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुर बिरुद्ध तीन करोड चार लाख ९४ हजार तीन सय आठ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालत काठमाडौँमा  भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गत २०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट नासु पदमा सहलेखापालको पदमा सरकारी सेवा गरेका ठाकुरले आठ वर्षकै अवधिमा तीन करोडभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको फेला गरेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालालो जानकारी दिए।

२०७२ वैशाखमा लेखापालमा बढुवा भई मालपोत कार्यालय सिमरामा रहँदा उनले उठेको राजस्व रकम आफ्नै खातामा जम्मा गरेको पाइएको आयोगले जनाएको छ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तीः

मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगल किशोर ठाकुरले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने आयोगमा दर्ता हुन आएका उजुरीउपरको अनुसन्धानमा निज मिति २०६८।१०।०९ मा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट रा.प.अनं.द्धितिय श्रेणी सहलेखापालको पदमा नियुक्ति प्राप्त गरी सेवामा प्रवेश गरेकोमा निज मिति २०७२।०१।२२ मा लेखापालको पदमा बढुवा भई मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा मालपोत कार्यालयमा उठेका राजस्व रकमहरु निजहरुको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनु पर्ने राजस्व रकमलाई समेत आफु अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने गरी निजले र तत्कालिन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा खाता नं. १२३०००१९१८१० मिति २०७५।०५।०७ मा खोलिएको व्यक्तिगत खातामा जम्मा गरेको पाइयो ।

निज युगल किशोर ठाकुरले सार्वजनिक सेवामा प्रवेश पश्चातको अनुसन्धान जाँचअवधि २०७६ बैशाख मसान्तसम्ममा पारिश्रमिक वचत आय रु.१०,८०,७०८।– बाहेकका अन्य आयहरुको दाबी र दाबी पुष्टिका कागजातहरुसमेत निजले पेश गरी पुष्टि गर्न सकेको पाइएन भने सोही जाँचअवधिमा निज युगल किशोर ठाकुरले श्रीमती शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारा जिल्ला बधवन गा.पा. ५ स्थित कि.नं. ६८ क्षे.फ. ०-७-१० विगहा जग्गा मिति २०७३।१।३० मा रु.३,००,०००।- खरिद, निज युगल किशोर ठाकुर र मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित खाता नं. १२३०००१९१८१० को व्यक्तिगत खातामा देखिएको मौज्दात रकम रु.२,७६,४४,००१।–, निज तथा निज युगल किशोर ठाकुरको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेभएका बैंक खाताहरुमा देखिएका मौज्दात रु.११,३९,०१५।- र मिति २०७५।१२।११ मा निजको घरकोठाबाट बरामद भएको नगद रु. २४,९२,०००।– समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी एवं बैंक मौज्दातमा निजले रु.३,१५,७५,०१६।- (तीन करोड पन्ध्र लाख पचहत्तर हजार सोह्र रुपैयाँ) खर्च तथा लगानी गरेको पाइएको छ।

निज युगल किशोर ठाकुरले सार्वजनिक सेवाको पदमा प्रवेश देखि २०७६ वैशाख मसान्तसम्मको जाँच अवधिमा निजले रु.३,१५,७५,०१६।– बराबरको सम्पति सिर्जनामा खर्च लगानी गरेको देखिंदा आयभन्दा बढी गरेको खर्च लगानीको स्रोत खुल्न नआई रु. ३,०४,९४,३०८।- बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको देखिंदा निज युगल किशोर ठाकुरलाई बिगो रु. ३,०४,९४,३०८।- (तीन करोड चार लाख चौरानब्बे हजार तीन सय आठ रुपैयाँ) कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) कसुरमा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुलेको साथबाट बरामद नगद रु.२४,९२,०००।– र निज समेतको व्यक्तिगत संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा संचालित खाता नं. १२३०००१९१८१० मा देखिएको मौज्दात रकम रु.२,७६,४४,००१।–समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्न मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार