कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो

अर्शद वारसी 'जगदीश त्यागी' र अक्षय कुमार 'जगदीश्वर मिश्रा' को भूमिकामा देखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ ले दर्शक र समीक्षकबाट धेरै माया पाएको थियो । यी दुई भागको सफलतापछि निर्माण पक्षले फिल्मको तेस्रो भागको छायांकन सकिएको छ ।

अक्षय कुमार र अरशद वारसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो किस्ताको फिल्मको छायांकन सकिएको छ । सुभाष कपूर निर्देशित यस फिल्मको छायांकन सकिएपछि फिल्मका कलाकर र क्रु मेम्बर्सले खुशियाली मनाएको भिडियो सार्बजनिक गरिएको छ ।

अब छिट्टै फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । जोली एलएलबी फ्रेन्चाइज व्यावसायिक रूपमा सफल छ । पहिलो दुई चलचित्रहरूले तिनीहरूको तीव्र सामाजिक टिप्पणी र आकर्षक कोर्टरूम नाटकको लागि व्यापक प्रशंसा पाएका थिए ।

यसअघिका फिल्महरूमा जोलीको भूमिका निर्वाह गरेका अक्षय कुमार र अर्शद वारसीबीचको भिडन्त हुने भएकाले तेस्रो किस्ताको व्यग्र प्रतिक्षा भइरहेको छ । दुवैको पुनर्मिलनलाई विशेष रुपमा हेरिएको छ । दुवैले फिल्ममा जगदीश नामको भूमिका निर्वाह गर्नेछन् । अर्शद वारसी ‘जगदीश त्यागी’ र अक्षय कुमार ‘जगदीश्वर मिश्रा’ को भूमिकामा देखिनेछन्।

‘जोली एलएलबी ३’ अजमेर र राजस्थानमा छायांकन गरिएको थियो, जसको अधिकांश शुटिङ ४० दिनभन्दा बढी समय अजमेरको वास्तविक अदालतमा भएको थियो ।
यो फिल्मलाई २०२५ को अगस्त २१ मा रिलिज गरिने बताइएको छ ।

फिल्ममा अक्षय र अर्शद बाहेक सौरभ शुक्ला र हुमा कुरेसीको अभिनय रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार