श्रावण १९, २०८३ मंगलबार August 4, 2026

लोकगायक एलपी जोशी रहेनन्

अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, साउन ११ गते । पूर्वका चर्चित लोकगायक एलपी जोशीको बिहीबार राति निधन भएको छ । बिहिवार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।

दमक –१ निवासी जोशीले  ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाउनुभएको छ । जुन गीत अहिले पनि कालजयी मानिन्छ ।

एल.पी.जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहनुभएको थियो । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए ।

उमेरले ४ दशक पार गरे पनि जोशी हालसम्म पनि विभिन्न स्टेज कार्यक्रममा समेत सहभागी रहँदै आउनुभएको थियो । गायनको साथमा नृत्य, चित्रकला, नाटक विधामा समेत पोख्त जोशीले केही चलचित्रमा योगदान गर्नुका साथै एउटा गीति कविता प्रकाशन गर्नुभएको छ ।

उहाँको शुक्रवार बिहान कनकाई माईमा अन्तिम संस्कार गरिएको छ । जोशी लामो समयदेखि सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया