असार २०, २०८२ शुक्रबार July 4, 2025

प्रधानमन्त्रीले किन भेटे राष्ट्रपतिलाई ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बनिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

पार्टी स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार बिहान र साँझ दुई पटक राष्ट्रपति भवन शीतलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।

राष्ट्रप्रमुख र सरकार प्रमुखबिच मुलुकको पछिल्लो अवस्थाबारे नियमित छलफल हुनु स्वाभाविक हो। तर, सत्तारुढ पार्टीभित्रको विवाद बढ्दै गएपछि विगतमा पनि राष्ट्रपतिले चासो र सक्रियता देखाउँदै आएकी थिइन्। सरकारप्रमुख र राष्ट्रप्रमुखको पछिल्लो भेटघाटमा नेकपाभित्रको आन्तरिक विवाद र त्यसले उत्पन्न गर्नसक्ने अवस्थाबारे छलफल भएको हुनसक्ने नेकपाकै नेताहरूको बुझाइ छ।

‘नेकपाको आन्तरिक विवादमा उहाँ (राष्ट्रपति) को अनावश्यक चासो र सक्रियता विगतदेखि नै छ,’ नेकपाका एक नेताले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो भेट पनि सोही सन्दर्भमा भएको सहजै अनुमान लगाउन सकिन्छ।’ राष्ट्रपतिलाई सक्रिय शासन गर्ने भोक जागेको आरोप लगाउँदै ती नेताले भने, ‘नेकपाको बैठक सुरु भएकै दिन गत बुधबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई बोलाएर राष्ट्रपतिले सरकारले राम्रो काम गरिरहेको छ भनेर पार्टीभित्र दबाब खडा गर्न खोजिएको हो।’

मुलुकको राष्ट्रियता र सीमा विवादमा सबै राजनीतिक दल सधैँ एकै ठाउँमा उभिएको जनाउँदै राष्ट्रपतिको सक्रियताप्रति असन्तुष्ट ती नेताले भने, ‘संसद्ले नयाँ नक्सा जारी गरेकोमा राजनीतिक दललाई बधाई दिने अधिकार राष्ट्रपतिदेखि सबैलाई छ। तर, त्यो उपयुक्त समय थिएन। त्यसलाई देखाएर नेकपाभित्र अगुल्टो हान्ने काम गरिएको हो। जुन विगतमा पनि गर्दै आउनुभएको छ।’

संसद् सचिवालयमा कार्यरत महिलामाथि यौनहिंसाको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा गरेपछि नयाँ सभामुख चयन, दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसअघि आएको दरार मिलाउनसहित विषयमा राष्ट्रपतिको सक्रियता रहेको नेकपाकै नेताहरूले बताउँदै आएका छन्। यो खबर नागरिक दैनिक पत्रिकामा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार