असार २५, २०८२ बुधबार July 9, 2025

कोरोनाको कारण ‘ए मेरो हजुर ४’को रिलिज पछाडी सार्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः फिल्म ‘ए मेरो हजुर ४’को रिलिज सर्ने भएको छ । निर्माण घोषणा समयमा आगामी दशैंमा रिलिज हुने बताइएको फिल्म कोरोनाको कारण छायाँकनमै रोकिएको कारण रिलिज सर्ने पक्का भएको हो ।

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको रोमान्स रहेको ‘ए मेरो हजुर ४’को काम नसकिएकोले दशैंमा रिलिज हुन नसक्ने देखिएको हो ।

छायाँकन नसकिएको र चलचित्र घर पनि नखुलेको अवस्थामा फिल्मको रिलिज दशैंमा हुन्छ भनेर अहिले नै निर्णय लिन नसकिने निर्माता सुनिलकुमार थापाले बताए ।

फिल्मको अहिले ३० प्रतिशत मात्र छायाँकन सकिएको छ । फिल्मको छायाँकन चलिरहेको समयमा लकडाउन भएपछि काम रोकिएको हो । अझै फिल्मको छायाँकन कहिलेदेखि सुरु हुने निर्माण टिम नै अन्योलमा रहेको छ ।

झरना थापाको निर्देशन रहने फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार