बैसाख ८, २०८३ मंगलबार April 21, 2026

कोरोना भाइरसबाट विश्वमा ५ लाख १४ हजार भन्दा बढीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १४ हजार ६१५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ६ लाख १३ हजार ३५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५८ लाख २१ हजार १७५ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ८७ हजार ९४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख २७ हजार ९९६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार १२३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २२ लाख ३८ हजार ८८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८८ हजार ७४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख ८५ हजार ४२८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६९ हजार ७०८ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ५० हजार ४७० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार ८२१ को मृत्यु भएको छ । एसियामा २३ लाख १९ हजार ५१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५७ हजार ३०१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ८ हजार ३०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार १९५ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ५६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार
विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति
२०८३ बैसाख ८, मंगलबार
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुख समक्ष पेश (पूर्णपाठ)
२०८३ बैसाख ८, मंगलबार
सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
२०८३ बैसाख ८, मंगलबार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ
२०८३ बैसाख ८, मंगलबार
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
२०८३ बैसाख ८, मंगलबार