श्रावण १९, २०८३ मंगलबार August 4, 2026

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !

कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरको आफ्नो प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको छ ।

भारतीय मिडियाहरुले राहुल र श्रद्धाको ब्रेकअप भएको उल्लेख गरेका छन् । ब्रेकअप भएको खबरकै बीचमा श्रद्धाले सामाजिक संजालमा राहुल र उनकी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेपछि ब्रेकअपको खबर अझ चर्चामा रहेको छ ।

केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी तस्विरहरूमा उनी आर अक्षर भएको पेन्डेन्ट लगाएकी देखिएकी छिन् । यी तस्विरहरु बाहिर आएसँगै फ्यानहरुले उनले राहुल मोदीको नाम लेखिएको पेन्डेन्ट लगाएको अनुमान गरेका थिए ।

विगत केही दिनदेखि राहुल मोदीलाई श्रद्धाको ब्वायफ्रेन्ड भनिएको थियो । दुबै अनन्त-राधिकाको प्रि-वेडिङमा पनि सँगै देखिएका थिए । राहुल मोदी ‘तु झुठी मैं मक्कार’, ‘पंचनामा २’, ‘सोनू के टीटू की स्वीटी’ जस्ता फिल्मका लेखक हुन् । श्रद्धा र राहुलले आफ्नो सम्बन्धको औपचारिक घोषणा गर्न लागेकै समयमा ब्रेकअपको खबर आएको छ ।

केही समय अघि हिन्दुस्तान टाइम्सले श्रद्धा र राहुलले चाँडै नै आफ्नो सम्बन्धको आधिकारिक घोषणा गर्ने उल्लेख गरेको थियो । वर्कफ्रन्टको कुरा गर्ने हो भने, श्रद्धा छिट्टै फिल्म ‘स्त्री २’ मा देखिनेछिन् । कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया