असार २३, २०८२ सोमबार July 7, 2025

‘फेसबुक लाइभ’ गर्दै दाङमा एक महिलाले गरिन् आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दाङको तुल्सीपुरमा २३ वर्षीया एक महिलाले फेसबुक लाइभ गरेर गएराती आत्महत्या गरेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका-५, रानीजरुवा बस्ने एलिसा गौतमले गए राति (बिहीबार) करिव एक बजेको समयमा फेसबुक लाइभ गर्दै सिलिङ पङ्खामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

आत्महत्या गर्दा उनले रातो रङ्गको कपडा लगाएको र सोही कपडाको सल पङ्खामा बाँधी वियोगान्त गीत बजाउँदै आत्महत्या गरेको भिडियो उनको फेसबुकमा देख्न सकिन्छ । बिहान प्रहरीले ढोका खोल्दासम्म बियोगान्त गीत बजिरहेको छिमेकीहरू बताउँछन् ।

एलिसा विगत लामो समयदेखि माइतीमा बस्दै आएकी र उनका बाबु-आमा भारतमा रहँदै आएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंह बताए ।

सिंहका अनुसार राती गौतमले आत्यहत्या गर्नुपूर्व फेसबुक लाइभ गरेको र सो लाइभ देखिसकेपछि चितवनका एक पत्रकारले राति ०१.२९ बजे डिएसपीलाई फोन गरी महिलाले आत्महत्या गर्न लागेको जानकारी दिएका थिए । त्यसलगत्तै डिएसपी सिंहले दुई वटा मोटरसाइकल र गाडीको साइरन र हर्न बजाउँदै सम्भावित स्थान खोजी गर्न लगाए । यसका साथै उनले साइबर ब्यूरोमा सम्पर्क गरी मृतकको मोबाइल नम्बर पत्ता लगाउन प्रयास गरे ।

ब्यूरोले मृतक गौतमको फेसबुकमा जोडिएका एक जनाको नम्बर दियो । उनले उक्त नम्बरमा सम्पर्क गरेर वास्तविक लोकेसन लिए । यसरी प्रहरीले वास्तविक लोकेसन पत्ता लगाउँदा बिहानको करिव ३ बजिसकेको थियो ।

मृतक गौतमको करिब १० बर्ष पहिले विवाह भएको उनको एक ८ बर्षिय छोरी समेत रहेको बुझिएको छ । उनले पतिसँग सम्बन्ध विच्छेद गरिसकेको र छोरी पतिसँगै रहेको हुँदा पारिवारिक कारणले उनी तनावमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

उनको आफन्तका भनाइअनुसार उनीले धेरैपटक मर्छु भन्ने गरेको तर उनको भनाइमा विश्वास नगरिएको बताइन्छ । उनको कोठाबाट प्रहरीले चारवटा बियरका खाली बोत्तल, २ हजार ५ सय रुपियाँ र कोठा लथालिङ्ग अवस्थामा रहेको देखिएको जनाएको छ । हालसम्म मृतकका आफन्तहरू सम्पर्कमा नआएको र मृतकको शव बुझ्नका लागि आफन्तजनको खोजी भइरहेको डिएसपी सिंहले जानकारी दिए । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया