श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘के घर के डेरा २’ मा केकी र उपासनाको इन्ट्री

फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेत्रीद्वय केकी अधिकारी र उपासना सिंह ठकुरीको इन्ट्री भएको छ ।

यस फिल्ममा यसअघि फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । फिल्ममा केकी र उपासना कसको अपोजिटमा हुनेछन भन्ने स्पष्ट भएको छैन ।

यही साउन २५ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्म उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो ।

फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया