कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘तनु वेड्स मनु–३’ बनाउने सोचमा निर्देशक, कंगना हुने नहुने छै टुंगो

आनन्द एल द्वारा निर्देशित यस फिल्ममा कंगना रनौत र आर माधवन मुख्य भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, २५ साउन । प्रायः जब कुनै फिल्मको सिक्वेल वा दोस्रो भाग आउँछ, दर्शकको ध्यान आकर्षित गर्न असफल हुन्छ।

तर, २०११ मा रिलिज भएको ‘तनु वेड्स मनु’ ती फिल्म मध्येको एक हो, जसको सिक्वेलले पनि फ्यानहरुको मन जितेको थियो । त्यसैबेला दर्शकको ध्यान तेस्रो भाग आउँछ कि आउँदैन भन्नेमा केन्द्रित भयो । आनन्द एल द्वारा निर्देशित यस फिल्ममा कंगना रनौत र आर माधवन मुख्य भूमिकामा देखिएका थिए।

यसैबीच, डाइरेक्टले फिल्मको तेस्रो भाग अर्थात ‘तनु वेड्स मनु’ ३ को बारेमा ठूलो अपडेट साझा गरेका छन् । न्युज १८ शोसासँग कुरा गर्दै आनन्द एल राईले भने, ‘तनु वेड्स मनु यस्तो फ्रेन्चाइजी हो, जसको पार्ट ३को माग छ । ती पात्रहरू सुन्दर थिए र माधवन र कंगनाले सुन्दर ढंगले खेलेका थिए। उनका पात्रहरू कथाभन्दा अलि ठूला भए । तनु वेड्स मनु राम्रो भयो। कथा पूरा भयो तर पात्रहरू फर्कन धेरै उत्सुक थिए। त्यसैले हामीले अर्को कथा बनायौं।’

उनले थपे,  ‘तनु वेड्स मनु रिटर्न्सबाट हामीले नयाँ पात्र दत्तोलाई प्रस्तुत गरेका थिया ैं। यी सबै पात्रहरूले भाग ३ को माग गरिरहेका छन् र हामीले एउटा राम्रो कथा पाउने बित्तिकै तनु, मनु र दत्तो हकदार छन्। हामी बनाउँछौं।’

उल्लेखनीय छ कि २०२४ मा मन्डीबाट लोकसभा सिट जिते पछि फ्यानहरू कंगना रनौतलाई फिल्ममा हेर्न उत्सुक छन्। तर, यसमा उनी देखिने छन कि छैनन, यो भने अझै भन्ने सकिने अवस्थामा छैनन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार