काठमाण्डौंः चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ३ जनाको आवेदन परेको छ।
अध्यक्ष पदका लागि निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापामगरले आवेदन दिएका हुन्।
आवेदन दिने मिति भोलि (बुधबार) सम्म रहेकामा आज ३ जनाकाे आवेदन परेकाे चलचित्र विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापा जानकारी दिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन भर्न भनेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया