भाद्र २७, २०८३ शनिबार September 12, 2026

आगामी तीन महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने भारतीय कम्पनिको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्वमहामारी कारोना भाइरस विरुद्धको भ्याक्सिन तीन महिना भित्र प्रयोगमा ल्याउन सक्ने एक भारतीय कम्पनिले दाबी गरेको छ ।

जाइडस क्याडिला नाम गरेको भारतीय कम्पनीका प्रमुख पंकज पटेलले भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेससंगको अन्तरवार्तामा भाइरस विरुद्धको भ्याक्सिन ल्याउने बताएका छन् ।

‘जाइडस क्याडिला’ले निर्माण गरेको औषधी ‘जाइकोभ डी’लाई मानव परीक्षणका लागि केन्द्रिय मानक नियन्त्रण संगठनले स्वीकृती दिइसकेको छ । उक्त भ्याक्सिनको मानव परिक्षण अगाामी महिनामा सुरु गरिने विषय उनले बताए । कम्पनीले मार्चको सुरुवाती दिन देखि कोरोनामा पाइने एस प्रोटिनको अध्ययन र अनुसन्धान गरेको बताए ।

अनुसन्धानको क्रममा कम्पनीले चार पकारको भ्याक्सिन निर्माण गरेको र त्यस मध्ये एकको छनौट गरिएको विषयलाई उनले बताए । चार प्रकारका जनावरमाथि उक्त भ्याक्सिनलाई प्रयोग गरिएको थियो ।

जनावर प्रतिरक्षा प्रणालीमा सुधार देखिएको र भाइरसलाई मार्न सक्ने क्षमताको समेत अविवृद्वि गर्ने विषयलाई उनले प्रकाश पारे । मावन परिक्षणको तीन चरण मध्ये दुई चरण समाप्त गरी भ्याक्सिनलाई प्रयोगमा ल्याउने नभए रेगुलेटरले भने अनुसार कदम चाल्ने विश्वास प्रमुखले व्यक्त गरेका छन् ।

भ्याक्सिनले शरीरमा कुनै हानी नपुर्याएको समेत उनले जानकारी दिएका छन् । पहिलो र दास्रो चरणको परिक्षण करिब एक हजार मानिसमा गरिने जनाइएको छ । विश्व व्यापी संकट देखिएको विषयका कारण यसलाई निरन्तर डब्लूएचओको सम्पर्कमा रहेको समेत उनले बताए । यसको साकारात्मक प्रभाव देखिएपछि कम्पनीले अगामी कदमबारे जानकारी दिने बारेमा स्पष्ट पारेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
२०८३ भाद्र २७, शनिबार
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
कानुनमा लेखिएका उपलब्धि कार्यान्वयन नभएसम्म अनुभूति हुँदैन : समीक्षा बास्कोटा
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार