श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कमेडी फिल्म हाउसफुलको सिरिजमा ज्याक्लिनको कमब्याक

३०० करोडको निर्माण बजेट रहेको 'हाउसफुल' को पाँचौं सिरिज फ्रेन्चाइजीको सबै भन्दा महँगो फिल्म समेत हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अक्षय कुमार अभिनीत ‘हाउसफुल’ सबैभन्दा लोकप्रिय कमेडी फ्रेन्चाइजी मध्ये एक हो । निर्माताहरु यसको पाँचौं किस्ता ल्याउने तयारीमा छन् र यसको घोषणा पनि भइसकेको छ । यस पटक अक्षय कुमार र रितेश देशमुखसँगै फरदीन खान पनि हुने भएका छन् । तर, यसैबीच, जैकलिन फर्नान्डेज प्रमुख अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताइएको छ ।

निर्माता साजिद नाडियाडवाला रहेको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, फरदीन खान र सञ्जय दत्त जस्ता स्टारहरू छन् । स्टारकास्टले फ्रन्चाइजीमा नयाँ उर्जा ल्याउने देखिन्छ ।

३०० करोडको निर्माण बजेट रहेको ‘हाउसफुल’ को पाँचौं सिरिज फ्रेन्चाइजीको सबै भन्दा महँगो फिल्म समेत हुने भएको छ । फिल्ममा ज्याकलिन अक्षय कुमारको अपोजिटमा देखिने बताइएको छ । ज्याक्लिन हाउसफुलको शुरुका तीन सिरिजमा रहेकी थिइन् भने चौथो सिरिजमा थिइनन् ।

साजिदले अन्य तीन ए-लिस्टर नायिकालाई पनि कास्टमा समावेश गर्न छलफल गरिरहेको र आधिकारिक घोषणा छिट्टै हुने बताइएको छ ।

यस अघि ‘हाउसफुल ५’ यस वर्षको दीपावलीको अवसरमा रिलिज हुने तय भएपनि निर्माताले यसको रिलिज मिति ६ जुन २०२५ सम्म पुर्याएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया