वैशाख २५, २०८१ मंगलबार May 7, 2024

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षेत्री नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी थापालाई २८ औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । महानिरीक्षकको दौडमा थापासँगै हरिबहादुर पाल पनि प्रतिष्पर्धामा हुनुहुन्थ्यो तर कार्यसम्पादन मूल्याङ्कनमा थापा नै अघि हुनुहुन्थ्यो ।

प्रहरी सेवामा २८ वर्ष बिताउनुभएका थापा भक्तपुरका हुनुहुन्छ । थापाले २०७९ वैशाख १८ गतेसम्म प्रहरीको महानिरीक्षक पद सम्हाल्नुहुनेछ । हालका प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीले आजैदेखि अवकास पाउँदै हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया