कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई प्रधानमन्त्री ओलीको बधाई सन्देश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उनीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सलाई पठाएको बधाई सन्देशमा नेपाल र फ्रान्सबीच पुरानो मैत्री एवं जनस्तरको सम्बन्धको चर्चा गर्दै उनले सुदृढ आर्थिक साझेदारीमा जोड दिएका छन् । नेपालको सामाजिक-आर्थिक उन्नयनमा फ्रान्सले गरेको सहयोगको प्रधानमन्त्री ओलीले सराहना गरेका छन् ।

यसैगरी आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्री माइकल मार्टिन टिडीलाई पठाएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले उनीसँग निकट सम्पर्कमा रहेर पारस्परिक लाभका खातिर सहकार्य गर्न आफू इच्छुक रहेको बताएका छन् ।

आगामी सन् २०२१-२२ का लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा आयरल्यान्ड निर्वाचित भएकामा प्रधानमन्त्रीले बधाई ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशका प्रधानमन्त्रीलाई पठाएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले कोभिड-१९ को महामारीविरुद्ध अन्तर्राष्ट्रिय समुदाय बीचको सहयोग र ऐक्यबद्धतामा विशेष जोड दिएको छ ।

कोभिड-१९ का कारण उत्पन्न अहिलेको कठिन परिस्थितिमा आयरल्यान्ड र फ्रान्समा रहेका नेपालीलाई त्यहाँका सरकारबाट प्राप्त अमूल्य सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेका ती देशका नागरिकलाई नेपाल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता
२०८३ कार्तिक १३, शुक्रबार
एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्यो निलम्बन, गतिविधि गरे कारबाहीको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
नेप्से राताम्मे, ३४८ कम्पनीको ८ अर्ब ८९ करोडको शेयर कारोबार
२०८३ कार्तिक १३, शुक्रबार
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
२०८३ कार्तिक १३, शुक्रबार
हजार गोलको लक्ष्यमा रोनाल्डोको अर्को फड्को, अल खोलुदविरुद्ध गरे ह्याट्रिक
२०८३ कार्तिक १३, शुक्रबार
मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै
२०८३ कार्तिक १३, शुक्रबार
अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
२०८३ कार्तिक १३, शुक्रबार