कार्तिक ११, २०८३ बुधबार October 28, 2026

फिल्म ‘खुस्मा’ को ट्रेलर सार्बजनिक

अभिनेता धीरज मगरको जन्मदिनको अवसरमा मंगलबार काठमाडौंका एक कार्यक्रमबीच ट्रेलर लन्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । आगामी असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख अभिनेता धीरज मगरको जन्मदिनको अवसरमा मंगलबार काठमाडौंका एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

अशोक थापा मगरको लेखन एवं निर्देशन रहेको फिल्ममा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा काउचा, सुजता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापामगर, सारा राई, विवेश मगर, श्वेता मिश्र, दुईसाङ थिङ, अरुण पुन मगर लगायतले पनि अभिनय गरेका छन् । मगर समुदायको परिवेशमा फिल्म निर्माण भएको हो ।

फिल्मको निर्माताहरुमा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन् भने सह-निर्माताहरु मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्मातामा छन् । गोविन्द शाहीले वितरण गर्न लागेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्कको संगीत तथा सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगर स्वयंको शब्द रचना रहेको छ ।

ट्रेलरको हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार