असार २१, २०८२ शनिबार July 5, 2025

इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न

इन्द्र दहमा स्नान गरी समय अर्थात् भोज चढाएर, भोज खाएर यँयापुन्ही मान्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । इन्द्र जात्राको अवसरमा आज पूर्णिमाका दिन साँझ बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराएर भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात् देवगृह भित्र्याएर जात्रा सम्पन्न गरिएको छ ।

इन्द्रायणी द्यो छें अर्थात् देवगृहबाट बाजागाजासहित देवतालाई हिजो साँझ इन्द्र दहमा पु(याएर रातभर दीपावली गरी आज बिहानदेखि दिनभर इन्द्र दहमा स्नान गर्ने र इन्द्रको पूजा गर्दै मेला भरेर देवतालाई भक्तपुर परिक्रमा गराउँदै साँझ देवगृह भित्र्याए पछि जात्रा सम्पन्न भएको हो ।

नेपाल संवत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको किंवदन्ती छ । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास रहेकाले यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने प्रचलन रहेको संस्कृति एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झना स्वरूप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनुभयो । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।

इन्द्र दहमा स्नान गरी समय अर्थात् भोज चढाएर, भोज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय अर्थात् छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काँक्रो लगायतका परिकार विशेष रूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमान गराई देवगृह पु(याइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार