असार २३, २०८२ सोमबार July 7, 2025

पूर्वहरूको पराक्रम- श्रीकृष्ण अनिरुद्ध गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संकटको कालो बादल मडारिइरहेको छ । बादल तत्काललाई कथं हटी नै हाल्यो भने पनि फेरि–फेरि मडारिन आउने पक्का छ ।

उनले सुबिस्तापूर्वक पूरै पाँच वर्ष कटाउनु असम्भवजस्तै छ । किनभने उनले तयार गरेको पार्टी गठजोड नै त्यस्तै छ, जहाँ एक से एक महत्त्वाकांक्षी छन् । एक से एक प्रतिद्वन्द्वी । तीन जना त पूर्वप्रधानमन्त्री छन्; माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल तथा जसै गरी प्रधानमन्त्री भइछाड्ने संकल्प लिएर बाँचेका पूर्वगृहमन्त्री, उपप्रधानमन्त्री वामदेव गौतम । यति धेरै महत्त्वाकांक्षीबाट घेरिएर बस्दा निश्चय पनि असुरक्षा हुन्छ र ओलीलाई त्यो त छ नै । साथै, उनी आफ्नै व्यक्तित्व व्यवस्थापनमा समेत अपुरो देखिन्छन् ।

तीन जना त पूर्वप्रधानमन्त्री छन्; माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल तथा जसै गरी प्रधानमन्त्री भइछाड्ने संकल्प लिएर बाँचेका पूर्वगृहमन्त्री, उपप्रधानमन्त्री वामदेव गौतम । यति धेरै महत्त्वाकांक्षीबाट घेरिएर बस्दा निश्चय पनि असुरक्षा हुन्छ र ओलीलाई त्यो त छ नै । साथै, उनी आफ्नै व्यक्तित्व व्यवस्थापनमा समेत अपुरो देखिन्छन् ।

अहिले सबैभन्दा बढी पूर्वप्रधानमन्त्रीहरू भएको पार्टी नै नेकपा हो । उहिल्यैका राजाका पालाका र अरू पार्टीका रथी, अर्धरथी र दिग्गज त धेरैजसो स्वर्गवासी भइसके । नेपाली कांग्रेसमा जम्माजम्मी एक जना बाँकी छन्, शेरबहादुर देउवा । चारपटक प्रधानमन्त्री भएका (तीनपटक निर्वाचित, एकपटक गोरखाका राजाको टीको थापेर बनेका) र अझै पाँचौंपटक पनि बन्ने अभिलाषा राखेर बसेका । साथै कतै उनलाई कुनै ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्ने जोग (योग) छ पनि भनेका छन् भनेको सुनिएको हो । उनको पार्टीका सभापति उनै हुन् र पूर्वप्रधानमन्त्रित्वमा संकल्पका साथ एकाधिकार कायम गरेर बसेका छन् । फेरि मौका आए आफू रहुन्जेल अरू कसैलाई प्रधानमन्त्री बन्न नदिन उनी कृतसंकल्प छन् । किनभने अरू नेता उनको चटक हेर्ने रमिते हुन् । कथं नेकपा फुटिहाले देउवाबाट उनका भविष्यवक्ता ज्योतिषी पुरस्कृत हुने सम्भावना प्रबल छ । आश गरेर बसेका आशे, पिलन्धरे पात्रहरू प्रशस्तै छन् । त्यस्तो भइदिए मधेसवादीका पनि दिन फर्किन्थे भन्ने मधेसपन्थी मनग्गे छन् ।

पूर्वहरूलाई आफू पुनश्च प्रधानमन्त्री भइरहनुपर्ने भन्ने लाग्छ । उनीहरू अन्यत्रजस्तो विशेष दायित्व निर्वाह गर्न मन्त्री बन्न चाहँदैनन् । मन्त्री बन्दा आफ्नो घटुवा भएको ठान्छन् । पूर्वहरू यदि मन्त्री भइदिए क्या गज्जब हुन्थ्यो ।

कुनै बेला नेपाल मुलुक नै एकदमै धेरै पूर्वप्रधानमन्त्री भएको, दोहोर्‍याई–तेहर्‍याई प्रधानमन्त्री बन्न ढुकेर बसेका बेरोजगार नेता भएको देशका रूपमा चिनिन्थ्यो । पूर्वपञ्चहरू, राजकृपाप्राप्त पात्र राजानुयायीका साथै बूढानीलकण्ठदेखि गोदावरीसम्म पूर्वप्रधानमन्त्रीहरूसँग साक्षात्कार हुन्थ्यो । कोही सानोगौचर र कोही भने मालीगाउँमा भेटिन्थे । कांग्रेसमा २०४६ को जनआन्दोलनपछि जम्मा चार जना प्रधानमन्त्री भए; कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा । तीन नेताको देहावसान भइसक्यो । सात सालपछिका मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालालाई पनि जोड्ने हो भने कांग्रेसबाट मात्र छ जना प्रधानमन्त्री बनिसकेका छन् ।

अझ २०१५ सालको चुनाव गराउन मन्त्रिपरिषद् अध्यक्ष बनेका सुवर्णशमशेरलाई पनि जोड्दा कांग्रेसले सातपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको हो । ती सातमा ‘पूर्व’ का रूपमा कांग्रेसमा अब देउवा मात्र बाँकी छन् । यता आएर भने कालबेला फेरिएको छ, विशेष गरेर २०६२/६३ पछि । अधिकांश पूर्व बनेका अनुहारहरू नेकपामा थुप्रिएका छन्Ù सात महिना, नौ महिना, डेढ वर्ष प्रधानमन्त्रीको कुर्सीमा बसेका पूर्वहरू । वास्तवमा पूर्वहरूलाई पुनःपुनः आफू पुनश्च प्रधानमन्त्री भइरहनुपर्ने भन्ने लाग्छ । उनीहरू अन्यत्रजस्तो विशेष दायित्व निर्वाह गर्न मन्त्री बन्न अथवा अरू कुनै विशेष दायित्व लिन चाहँदैनन् । मन्त्री बन्दा आफ्नो घटुवा (डिमोसन) भएको ठान्छन् । पूर्वहरू यदि मन्त्री भइदिए क्या गज्जब हुन्थ्यो ! जस्तै अहिले नै यदि परराष्ट्रमन्त्रीको कार्यभार माधवकुमार नेपालले निर्वाह गर्ने हो भने देशको परराष्ट्र सम्बन्धमा तात्त्विक फरक पर्थ्यो र यसबाट भारतसित बिग्रेको सम्बन्ध सुधार्न धेरै मद्दत हुन्थ्यो । किनभने उनमा कूटनीतिक कौशलका साथै भाषिक ज्ञान पनि छ । उनी हिन्दी हिन्दुस्तानी लवजमै प्राञ्जल बोल्न सक्छन् । तर उनी परराष्ट्रमन्त्री बन्दा आफू घटेको, होचिएको ठान्छन् । उनको जिकिर आफू प्रधानमन्त्री नै बन्नुपर्छ भन्ने रहन्छ ।

पूर्वहरू यदि मन्त्री भइदिए क्या गज्जब हुन्थ्यो ! जस्तै अहिले नै यदि परराष्ट्रमन्त्रीको कार्यभार माधवकुमार नेपालले निर्वाह गर्ने हो भने देशको परराष्ट्र सम्बन्धमा तात्त्विक फरक पर्थ्यो र यसबाट भारतसित बिग्रेको सम्बन्ध सुधार्न धेरै मद्दत हुन्थ्यो । किनभने उनमा कूटनीतिक कौशलका साथै भाषिक ज्ञान पनि छ । उनी हिन्दी हिन्दुस्तानी लवजमै प्राञ्जल बोल्न सक्छन् । तर उनी परराष्ट्रमन्त्री बन्दा आफू घटेको, होचिएको ठान्छन् । उनको जिकिर आफू प्रधानमन्त्री नै बन्नुपर्छ भन्ने रहन्छ ।

त्यस्तै झलनाथ खनाल, पुष्पकमल दाहाल गृह र रक्षाजस्ता मन्त्रालय सम्हाल्न राजी भए देशको यो दुर्दशा पक्कै हुने थिएन । साथै झन्डै नेकपामा समावेश भएर बिच्किएका बाबुराम भट्टराई अर्थमन्त्री बनेका भए देशको अर्थतन्त्र अहिले यति दुर्दशाग्रस्त पक्कै हुने थिएन । परराष्ट्रमा माधव, झलनाथ खनाललाई गृह मन्त्रालयको अभिभारा र दाहाल रक्षामन्त्री भएका भए ओलीको अहंकार त मत्थर हुन्थ्यो नै, उनलाई गफ नभएर काम गर्नुपर्ने दबाब हुन्थ्यो । उनी सतर्क रहेर काम गर्थे । उत्तरदायी बन्थे । यस्तो अनियन्त्रित त पक्कै हुन पाउने थिएनन् । उनको सातौं आकाशमा विचरण गरिरहेको अहंकार स्वतः मत्थर हुन्थ्यो । सरकार सञ्चालनको टिम बडो सशक्त हुन्थ्यो ।

यहाँ उठाइएको विषय कतिपयलाई ख्याल–ठट्टाजस्तो लाग्न सक्छ । तर त्यस्तो होइन । यो कसैप्रति व्यंग्य पनि होइन । नेताको घटुवा गराएर आत्मरति गर्न खोजेको त झन् किमार्थ होइन । देशमा अमनचैन, छिमेकसित सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने काम गर्नलाई वास्तवमा व्यक्तित्वहरूका ‘इगो’ को व्यवस्थापन गर्नुपर्छ । विशेष गरेर पूर्वकार्यकारी प्रमुखहरूको इगो ज्यादै खतरनाक हुन्छ । किनभने राम्रो औषधोपचार पाएका छन्, शरीरमा थोरबहुत बर्कत छ, अभिलाषा र आकांक्षा सक्रिय छन् उनीहरूका पनि । तर काम छैन । कुनै सृजनशील काम गर्नुपर्ने चुनौती छैन । काम भनेको त्यही पार्टी छ, पार्टीमा गुटबाजी छ । आसपासमा ‘प्रधानमन्त्रीज्यू त फेरि प्रधानमन्त्री बनिबक्सनुपर्छ’ भन्ने चाकडीबाजहरूको झुन्ड छ । (चाकडीबाजहरू पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्री नै भनेर सम्बोधन गर्ने गर्छन् ।)

विशेष गरेर पूर्वकार्यकारी प्रमुखहरूको इगो ज्यादै खतरनाक हुन्छ । किनभने राम्रो औषधोपचार पाएका छन्, शरीरमा थोरबहुत बर्कत छ, अभिलाषा र आकांक्षा सक्रिय छन् उनीहरूका पनि । तर काम छैन । कुनै सृजनशील काम गर्नुपर्ने चुनौती छैन । काम भनेको त्यही पार्टी छ, पार्टीमा गुटबाजी छ । आसपासमा ‘प्रधानमन्त्रीज्यू त फेरि प्रधानमन्त्री बनिबक्सनुपर्छ’ भन्ने चाकडीबाजहरूको झुन्ड छ । (चाकडीबाजहरू पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्री नै भनेर सम्बोधन गर्ने गर्छन् ।)

त्यसैले मनमनै लाग्दो हो नि त झलनाथलाई पनि फेरि प्रधानमन्त्री भएर बालुवाटार–सिंहदरबार गर्ने रहर । अध्ययनशील छन्, क्षमता पनि छ, पार्टीका महासचिव पनि भइसकेका माधव नेपाललाई किन नहुनु फेरि बालुवाटारमा डेरा गर्ने इच्छा ! दाहालका विषयमा सबै जानिफकार छन्; विद्रोहको पृष्ठभूमिबाट आएका, गणतन्त्रको एजेन्डा स्थापित गर्ने नेता आफू हुँदाहुँदै स्वयं प्रधानमन्त्री निरन्तर भइरहन पाउनुपर्नेमा त्यो त छैन नै, पार्टीमै यथोचित स्थानसम्म नपाउनु छ । हेपिनु छ । यसरी हेर्दा वास्तवमा नेकपाको अहिलेको समस्या इगोको समस्या हो ।

इगो व्यवस्थापन व्यक्तित्व व्यवस्थापनको समस्या हो र त्यो इगोको आगोमा घिउ थप्ने काम स्वयं प्रधानमन्त्री ओलीकै बिझाउने वाणीले गर्ने गरेको छ । ठूलो पदमा आसीन भइसकेपछि जिम्मेवारी पनि ठूलै हुन्छ । आफ्नो इगोलाई सम्हालेर अरूको इगोलाई सम्बोधन गर्ने नेताहरू सफल हुन्छन् । प्रधानमन्त्रीले राज्यकार्य सम्हाल्नु त पदीय कार्यादेशभित्रै पर्छ । त्यसका अतिरिक्त व्यक्तित्वहरूको व्यवस्थापनमा पनि संवेदनशील हुनुपर्ने हुन्छ । नभइदिँदा समय–असमय असन्तुष्टिका बाढी आउँछन् ।

आउनु स्वाभाविक हो । ठूलो पदमा त ओली छँदै छन् नि ! उनले आफ्ना समवयी र आफूभन्दा पाका नेतालाई सम्मान गर्दा, उनीहरूसमक्ष आदरभावले प्रस्तुत हुँदा उनको पद कतै जाँदैन, बरु अरू मर्यादित हुन्छ । तर यी कुरा ओलीका कानैमा भन्न सक्ने समझ भएकाहरू उनका समीप छैनन् भन्ने देखिन्छ । नियुक्तिका रूपमा ओलीबाट पाएको भाँडो पो कतै फुत्किन्छ कि भनेर होमा हो मिलाउने पदधारीले कसैको पनि भलो कहिल्यै गर्दैनन् ।

यो ब्रह्माण्डमा कसैको पनि ज्ञान पूर्ण छैन । ओलीको हुने कुरै भएन । तर उनलाई त्यस्तो लाग्दैन । उनलाई लाग्छ, सबै ज्ञान गुटमुटिएर उनकै मस्तिष्कका शरण परेको छ । त्यसैले ओलीले अरू औसत प्रधानमन्त्रीले जस्तै चाकडीबाजलाई नै शुभचिन्तक ठानेका छन्, तुष्टीकरणलाई सफल राज्य सञ्चालन मानेका छन् । नालायकहरूको संरक्षणलाई आफ्नो योग्यता मानेका छन् । त्यसैका फलस्वरूप दोषपूर्ण दृष्टि, विषयविज्ञहरूको परामर्शबेगरै चिकत्सकीय सम्भाषण गर्न उत्प्रेरित भएका हुन् । ब्रह्माण्डसम्बन्धी, सृष्टिसम्बन्धी ज्ञान अझै रहस्यकै रूपमा रहेको छ । तर ओलीलाई लाग्छ सायद, अरूका लागि रहस्य होला, ज्ञान उनी आफैंसँग छ । जबकि, यस्तो लाग्नु स्वास्थ्यकर मानिँदैन किनभने मानिसको संज्ञानात्मक क्षमताको पनि सीमा छ । तर दुर्भाग्यवश, संज्ञानात्मक सीमाको जानकारी उनलाई कसैले दिँदैन । दिनु जरुरी छ । साथै ओलीले पहिलो कुरा त के बुझ्नुपर्छ भने, विगतमा माधव नेपालले उनको मानमर्दन गरेका थिए भन्दैमा अहिले उनले प्रतिशोध लिनु जायज होइन । दाहालसँग उनको मिल्ती थिएन विगतमा तर दाहाल उनीसँग मिसिन आएका हुन् । झलनाथको आफ्नै पीडा छ, त्यो पीडा पनि ओलीले बुझ्नु र सम्बोधन गर्नुपर्छ । साँच्चै भन्ने हो भने ओलीको आफ्नै कार्यशैली र प्रस्तुतिका कारण उनकै पार्टीको नेतृत्व र कार्यकर्तापंक्तिमा उनका विरुद्ध चरम असन्तुष्टि उत्पन्न भएको हो ।

ओलीले पहिलो कुरा त के बुझ्नुपर्छ भने, विगतमा माधव नेपालले उनको मानमर्दन गरेका थिए भन्दैमा अहिले उनले प्रतिशोध लिनु जायज होइन । दाहालसँग उनको मिल्ती थिएन विगतमा तर दाहाल उनीसँग मिसिन आएका हुन् । झलनाथको आफ्नै पीडा छ, त्यो पीडा पनि ओलीले बुझ्नु र सम्बोधन गर्नुपर्छ । साँच्चै भन्ने हो भने ओलीको आफ्नै कार्यशैली र प्रस्तुतिका कारण उनकै पार्टीको नेतृत्व र कार्यकर्तापंक्तिमा उनका विरुद्ध चरम असन्तुष्टि उत्पन्न भएको हो ।

त्यस्तै असन्तुष्टि जनस्तरमा पनि छ । यो त विदितै छ, सरकारको चरम लापरबाही, हरेक क्षेत्रमा भ्रष्टाचारको बिगबिगीका कारण कोरोना भाइरस संक्रमण विस्तार नियन्त्रित हुन सकेको छैन । क्वारेन्टिनहरू वधशालाजस्ता बन्न गएका छन्, असुरक्षा बढ्दो छ । जनजीविकामा अनिश्चितता, असुरक्षामा बढोत्तरी, लकडाउनका कारण उत्पन्न अवसाद, व्यावसायिक असफलता र राज्यबाट जीवन धान्नसम्मको कुनै सहयोग नभएका कारण देशमा आत्महत्या गर्नेहरूको संख्या भयावह रूपमा वृद्धि भइरहेको छ । पर्याप्त समय र अवसर पाउँदापाउँदै पनि कहिले वैज्ञानिक रूपमा अपुष्ट चिकित्सकीय सल्लाह दिने र आफैं हाँसोको पात्र बन्ने काम गरेकाले प्रधानमन्त्री पदकै अवमूल्यन भएको छ ।

आफैंले प्रधानमन्त्री पदको अवमूल्यन गरेकाले जनतामा असन्तोष बढेको, असन्तोष बढ्दा अरू आकांक्षी, विशेष गरेर पूर्वहरूको हौसला बढेको हो । त्यसैले आफ्नो प्रधानमन्त्रित्वलाई सुरक्षित बनाउन उनले पहिला त सरकारको कार्यकुशलता वृद्धि गर्नुपर्छ,

आफ्नो वाणीमाथि नियन्त्रण गर्नुपर्छ र पार्टीमा विद्यमान पूर्वप्रधानमन्त्रीहरूको इगोलाई काम दिएर व्यस्त बनाउनुपर्छ । अर्थात्, पूर्वहरूको सम्मानजनक व्यवस्थापन गर्नुपर्छ । अन्यथा पूर्वहरूको पराक्रम बारम्बार प्रकट भइरहनेछ । फलस्वरूप उनीमाथि संकटको कालो बादल मडारिइरहनेछ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार