काठमाण्डाैंः रुकुम पश्चिममा आज बिहान पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका वडानम्बर-३, स्यालाखदीका २८ वर्षिया सिता दमाई र ६ वर्षिय हाविल परियारको मृत्यु भएको हो ।
पहिरोमा वडानम्बर-३, बस्ने तुल बहादुर दमाईको छोरी ८ वर्षिया हिरा परियारलाई भने घाईते अवस्थाम उद्धार गरिएको प्रहरी नायब उपरिक्षक ठग बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार सामान्य बोल्न सक्ने घाईते बालिकाको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
बिहान अन्दाजी ६ बजेको समयमा रेझेखोला बस्ने तुलबहादुरको १ तले फुसले छाएको कच्चि घर माथिबाट आएको पहिरोले पुरिएको प्रहरीको भनाई छ । निज तुलबहादुर भने कामको सिलसिलामा गोतामकोट गएको बताईएको छ ।
स्थानीयले पहिरोले घर पुरिएको खबर प्रहरीलाई गरेपश्चात स्यालाखदीमा रहेको अस्थाई प्रहरी पोष्टले तत्काल उक्त स्थानमा गएर उद्धार कार्य गरेकोे प्रहरीले जनाएको छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया