असोज २५, २०८३ आइतबार October 11, 2026

आईफोन-१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने

म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एप्पलले आईफोन–१६ को लागी एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ ।

यो सुविधा, पहिले नै ‘एप्पल वाच’ र ‘एप्पल टीभी’को लागि उपलब्ध थियो । साथै, यसले आईओएस यन्त्र प्रयोग गरेर रिकभरी प्रक्रियालाई सरल बनाउँछ । आईओएस एप्पलद्वारा विशेष रूपमा स्मार्टफोनहरूको लागि विकसित गरिएको मोबाइल अपरेटिङ सिस्टम हो । यो जनवरी सन् २००७ मा पहिलो पुस्ताको आईफोनको लागि अनावरण गरिएको थियो ।

‘नाइनटुजीरो’ माइकको खोजअनुसार, वायरलेस रिकभरी प्रक्रियाले आईफोन –१६ मोडेलहरूमा आईओएस प्रणाली गैर–कार्यात्मक हुँदा पनि पुनर्स्थापना सुरु गर्न सम्भव बनाउँछ । नाइनटुजीरो आईफोन, आईप्याडको लागि अग्रणी समाचार वेबसाइट हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया