श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कस्तो छ अभिनेता रजनीकान्तको स्वास्थ्य ?

रजनीकान्त स्थिर र निको भइरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बलिवुड अभिनेता रजनीकान्तको मुटुको उपचार गरिएको छ । मिडिया रिपोर्टका अनुसार रजनीकान्तको स्वास्थ्य बारे अस्पतालले एक बुलेटिन जारी गर्दै जानकारी दिएको छ ।

रजनीकान्तलाई ३० सेप्टेम्बर २०२४ मा ग्रिम्स रोडस्थित एपोलो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुबाट निस्कने मुख्य रक्तनलीमा सुन्निएको थियो, जसको शल्यक्रिया नगरी ट्रान्सक्याथेटर विधिबाट उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।

सिनियर इन्टरभेन्शनल कार्डियोलोजिस्ट डा. साई सतीशले स्टेन्ट राखेर सुन्निने कामलाई पूर्ण रूपमा बन्द गरिदिएको बताएका छन् ।

बुलेटिनमा थप भनिएको छ, ‘हामी उहाँका शुभचिन्तक र प्रशंसकहरूलाई यो प्रक्रिया योजना अनुसार अघि बढेको जानकारी गराउन चाहन्छौं । रजनीकान्त स्थिर र निको भइरहेका छन् । उनी पनि दुई दिनमा घर फर्कनेछन् ।’

उनलाई सोमबार राति अस्पतालमा भर्ना गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया