असोज २७, २०८३ मंगलबार October 13, 2026

आधा घण्टा टेलिकमको सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

दसैंका बेला आफ्नो मान्छेसँग सम्पर्क नभएको र एसएमएसले समेत भनेको बेला काम नगरेपछि सेवाग्राही निकै मारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या उत्पन्न भए पनि सेवाग्राही मर्कामा परे । बुधबार बिहान करिब आधा घण्टासम्म नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएमसमेत नजानेलगायतका समस्या देखिएको थियो ।

सोही समस्याका कारण दसैंका बेला आफ्नो मान्छेसँग सम्पर्क नभएको र एसएमएसले समेत भनेको बेला काम नगरेपछि सेवाग्राही निकै मारमा परेका थिए । यस्तो समस्या विशेषगरी गोंगबु नयाँ बसपार्कबाट आफ्नो मान्छे जम्मा भएर बस चढ्नुपर्ने यात्रुमा देखिएको थियो ।

बुधबार बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरूमा सेवा प्रभावित भएका थिए । टेलिकमका प्रवक्ता हरि ढकालले केही सयम प्रणालीमा समस्या आउँदा टेलिकमको नेटवर्क प्रभावित भएको बताए । उनले जानकारी पाउनेबित्तिकै तत्काल समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याएइको बताए ।

अन्य बेलाको समस्याभन्दा यो दसैंका बेला आफ्नो मान्छेलाई बसपार्क बोलाएर यति नम्बरको बस र टिकट छ भन्नुपर्ने अवस्थाका ग्राहक टेलिकमको सेवा अवरुद्ध हुँदा धेरै समस्यामा परेका थिए । केहीले सम्पर्क नभएर आफू चढ्नुपर्ने बसको टिकटसमेत छोड्नुपरेको गोंगबुबाट पर्वत जाने बस छुटाएका एक यात्रुले गुनासो गरे । उनले केही समय सँगै घर जाने टिकट लिएका साथीलाई कल गर्दा मोबाइलमा सम्पर्क नभएपछि आफूले बस नम्बर र साथीसित भएको टिकट छुट्न गएको बताए ।

यसअघि गत १० असारमा पनि केही समय टेलिकमको टेलिफोन नेटवर्कमा यस्तै समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटकपटक यस्तो समस्या आउने गरेको छ । जसका कारण सेवाग्राही मर्कामा पर्ने गरेका छन् । प्रिपेड र पोस्टपेड दुवै सिम भएका मोबाइल सेवामा समस्या आएको’bout टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिने गरेको छैन ।

टेलिकमबाट पटकपटक हुने यस्ता कमजोरीका कारण मोबाइल सेवाग्राही निकै मारमा पर्दै आएका छन् । टेलिकमको पुरानो बिलिङसहितका विभिन्न प्रणाली चुस्त रूपमा मर्मतसम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको सम्बन्धित सरोकारवाला एवं टेलिकमका प्राविधिकले नै बताउँदै आएका छन् । यो समस्या विस्तारै समाधान गर्नेतर्फ टलिकमले सक्दो प्रयास गरिरहेको टेलिकमले जनाएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
२०८३ असोज २७, मंगलबार
जयन्ती मावि आवासीयमा रुपान्तरण
२०८३ असोज २७, मंगलबार
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के-के हुँदैछन् नयाँ काम ?
२०८३ असोज २७, मंगलबार
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
२०८३ असोज २७, मंगलबार