असार २४, २०८२ मंगलबार July 8, 2025

मकैको कुनिउँ खोज्न व्यापारी गाउँमा

माग बढ्दै गएपछि स्थानीय तहले पनि अर्गानिक खाद्यान्नलाई बढी प्राथमिक दिन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाजुराका अधिकांश ठाउँमा मकैका कुनिउँ खोज्न व्यापारी गाउँमा पुग्न थालेका छन् ।

गाउँमा उत्पादन गरेको अर्गानिक मकैको पछिल्लो समय जताततै माग बढ्न थालेपछि यहाँका व्यापारी दिनप्रतिदिन गाउँ आउने गरेका हुन् । पहिला गाउँमा उत्पादन हुने गरेको मकै कतै बिक्री हुँदैनथ्यो । अहिले भने मकै किन्नका लागि व्यापारी धमाधम गाउँमै आउने गरेको बुढीगङ्गा नगपालिका–४, बानेगाउँका स्थानीय महिला जौला कटुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो पनि घरमा दुई/चार मकैको कुनिउँ छ । त्यो मकै किन्नका लागि व्यापारी घरमा आउने गरेका छन् । एक किलोको ३० रुपियाँ उनीहरूले दिने गरेका छन् ।”

भदौमा मकै पाकेपछि त्यसलाई अहिले घरको छतमा राखिएको छ । त्योभन्दा राम्रो मूल्य दियो भने मात्र बेच्ने सोचाइमा कटुवाल रहनुभएको छ । जिल्लाभित्र तथा बाहिरबाट अहिले मकै किन्नेको चहलपहल गाउँमा देखिएको छ । यहाँको अर्गानिक मकै स्वास्थ्यका लागि निकै उपयोगी हुने भएकाले त्यसको खरिदबिक्रीमा आकर्षण बढेको हो । मकै सबैभन्दा धेरै खपत हुने बालीमा पर्छ । धेरै मानिसले उसिनेका मकै वा पोलेका मकै खान मन पराउँछन् । मकै खाएमा स्वास्थ्यका लागि निकै फाइदा हुन्छ ।

बाजुराको हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणीलगायतका विभिन्न ठाउँमा मकै उत्पादन हुने गरेको भए पनि सबैभन्दा बढी बुढीगङ्गा र त्रिवेणीमा हुन्छ तर पनि यहाँका स्थानीयले मकै खासै लगाउँदैनन् । पछिल्लो समय देशका विभिन्न सहरबाट यसको माग बढ्दै गएपछि स्थानीय तहले पनि अर्गानिक खाद्यान्नलाई बढी प्राथमिक दिन थालेको छ ।

बाजुराको अर्गानिक मकैको पछिल्लो समय देशका विभिन्न सहरमा माग बढ्न थालेपछि अहिले यहाँका स्थानीयले पनि फेरि मकै खेतीप्रति निकै चासो राख्न थालेका छन् ।

यस वर्षदेखि यहाँको अर्गानिक मकै देशका विभिन्न सहरमा जान थालेको छ । यहाँको मकै अहिले प्रायः धनगढी र काठमाडौँमा जान थालेको छ । अहिले यहाँका केही स्थानीय तहले पनि विद्यालयमा बालबालिकालाई खुवाइँदै आएको दिवा खाजामा कोदो, मकै, जौ, गहुँलगायतका विभिन्न परिकार अनिवार्य गर्दै आएका छन् ।

मकै खेतीले यहाँका स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले यहाँका स्थानीयलाई मकै खेतीमा उत्प्रेरित गर्दै आएको बाजुराका स्थानीय तह बताउँछन् ।

जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिन छ । त्योमध्येकै २२ हजार हेक्टर खेतीयोग्य जमिन छ । यहाँको एक हजार ३५० क्षेत्रफल हेक्टर जमिनमा मकै खेती गरिन्छ । यसमा ५०.२५ मेट्रिक टन मकै उत्पादन हुन्छ । यहाँ १.५ मेट्रिक टन मकैको उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी प्रेमराज न्यौपानेले बताउनुभयो । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार