असार २४, २०८२ मंगलबार July 8, 2025

पञ्चेन लामाको साथमा सुरक्षाका लागि चिनियाँ सशस्त्र टोली पनि आउँदै..

चीन सरकारले अघि सारेका पञ्चेन लामा सिधै लुम्बिनीमा चीनको बेइजिङबाटै फ्लाइटमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालमा आयोजना हुने ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ मा भाग लिन उच्चस्तरका चिनियाँ धर्मगुरु र राजनीतिक व्यक्तिहरू काठमाडौं आएका छन् ।

यसका लागि थाइ एअरवेजको टिजी३१९ उडानबाट मंगलबार चीनका सम्मानित बौद्ध धर्मगुरु तथा बुद्धिष्ट एसोसिएसन अफ चाइनाका उपाध्यक्ष यिन सुनको नेतृत्वमा १० सदस्यीय भ्रमणदल नेपाल आइसकेको छ । भ्रमणदलमा सिउ जियावेन, सुन जिङहाओ, लिउ गुओसिनलगायत छन् । उनीहरूलाई नेपालका लागि चिनियाँ राजदूत छन् सोङले स्वागत गरेका थिए ।

राउन्ड टेबलका लागि काठमाडौंको याक एण्ड यति होटलमा यसको तयारी भइरहेको छ ।  ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’मा सहभागी हुन चीन सरकारले तयार पारेका धर्मगुरु आउने भएपछि यसको थप सुरक्षा सहित कार्यक्रम स्थलमा भब्य तयारी थालेको हो ।

भारत निर्वासनमा रहेका १४औं दलाइ लामाले उत्तराधिकारी घोषणा नगरेका तर चीन सरकारले नियुक्त गरेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बु नेपाल आउन लागेपछि उनको सुरक्षा प्रबन्ध सहित  कार्यक्रम तयारी थालिएको हो ।

यही बिहीबारदेखि आइतबारसम्म आयोजना हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा करिब २० देशका सरकारी अधिकारी र भिक्षुहरू सहभागी हुने छन् । चिनियाँ धर्मगुरु पन्चेन लामा अहिलेसम्मको कार्यक्रम तालिका अनुसार डिसेम्बर १३ मा नेपाल आइसक्ने बताइएको छ ।

उनी यसमा सहभागी हुन लागेको विषयलाई नेपाल सरकारले गोप्य राखेको छ । ‘धार्मिक सद्भावका लागि उहाँ आउन लाग्नु भएको हो’, लुम्बिनी विकास कोषका एक अधिकारीले भने । उनी आउने जानकारी पनि कोषकै पदाधिकारीले बाहिर ल्याएका हुन् । उनको साथमा चिनियाँ सशस्त्र प्रहरी समेत रहने बताइएको छ ।

‘उच्च ओहोदाको व्यक्ति भएकाले उनको सुरक्षाका लागि चिनिया सुरक्षाकर्मीहरु पनि नेपाल आउदैछन्’, स्रोतले भन्यो ।

पन्चेन लामालाई चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) ले धर्मगुरु नियुक्त गरेको हो । उनी नेपाल आउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली चीन जानुअघि नै सहमति भइसकेको हो ।

‘यो विषय पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषलाई पहिल्यै जानकारी थियो, अन्यथा नभए चिनियाँ चार्टर्ड विमानमा उहाँ आउनुहुनेछ’, कोषका ती पदाधिकारीले भने । चिनियाँ धर्मगुरु पन्चेन लामा काठमाडौँ आउने विषयले नेपाल, भारत र अमेरिकाका बौद्धमार्गीबीच तरंग उत्पन्न भएको छ । उनी आउने विषयलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चासो भएको हो ।

‘पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बुलाई चीन बाहिर ल्याएर स्थापित गराइँदैछ’, स्रोतले भन्यो । कार्यक्रममा बेइजिङले चयन गरेका धार्मिक प्रतिनिधि नोर्बुले धार्मिक सद्भावको सन्देश दिने भएका छन् ।

पञ्चेन सिधै लुम्बिनीमा

यस कार्यक्रमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनाअघि नै अनुमति दिएको हो । मन्त्री बद्री पाण्डेले अनुमति दिएका कारण लुम्बिनी विकास कोषले पनि लुम्बिनीमा हुने भ्रमणको व्यवस्थापन गर्नुपर्ने भएको छ ।

चीन सरकारले अघि सारेका पञ्चेन लामा सिधै लुम्बिनीमा चीनको बेइजिङबाटै फ्लाइटमा आउने तय भएको छ । लुम्बिनीबाट बल्ल उनी काठमाडौं आउने कार्यक्रम बनेको हो । लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनीप्रति चासो बढ्दो छ । ती धर्मगुरुलाई नेपाल ल्याएर अन्तर्राष्ट्रिय स्तरमै स्थापित गर्ने रणनीतिअनुसार काम भइरहेको छ । नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार