असार २४, २०८२ मंगलबार July 8, 2025

ठूला करदाताले पुस मसान्तसम्ममा कर बुझाउनै पर्ने

म्याद तोकेर विभागले सूचना निकालेपछि अतालिएका उद्योगी व्यवसायीले सोका विरुद्धमा सर्वोच्च र उच्च अदालतमा रिट दायर गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ठूला करदाताले पुस मसान्तसम्ममा अनिवार्य रूपमा आय विवरण बुझाउनै पर्ने भएको छ । आन्तरिक राजस्व विभागले १ करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने व्यक्तिलाई आय विवरण बुझाउने म्याद थप गर्र्दै पुससम्ममा बुझाउनै पर्ने निर्णय गरेको हो ।

त्यसो त ठूला करदाताले आय विवरण असोजसम्ममै बुझाउनु पर्ने थियो । तर, उद्यमी व्यवसायीले विभिन्न कारण देखाउँदै नबुझाएपछि विभागले पुससम्मको म्याद दिएर बुझाउनै पर्ने प्रावधान बनाएको हो ।

आयकर ऐनको दफा ९६ ले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र आय विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, दफा ९८ ले तोकिएको समयमा विवरण बुझाउन नसकेमा मनासिव कारण देखाई निवेदन दिन सक्ने र त्यस्तो निवेदन मनासिव देखिएमा पटक–पटक वा एकैपटक गरी अधिकतम तीन महिना म्याद थप गर्न सक्ने व्यवस्था गरिएको छ । यही तीन महिनाको म्याद कुर्दै उद्यमी व्यवसायीहरू बसिरहेको र विभागले सहजीकरण गरिदिएको बताइएको छ ।

विभागले गत ७ असोजमा सूचना जारी गर्दै वार्षिक १ करोड रुपैयाँबराबरको कारोबारमा आय विवरण बुझाउने म्याद थप नहुने अर्थात् असोज मसान्तभित्र नै बुझाउनु पर्ने भनेको थियो ।

विभागले यसअघि निकालेको सूचनामा वार्षिक २५ करोड रुपैयाँबराबरको कारोबार गर्ने निकायलाई मंसिर मसान्तसम्म म्याद दिएको थियो । यस्तै, २५ करोडभन्दा बढी कारोबार गर्ने निकायलाई २० पुससम्म आय विवरण बुझाउन सक्नेगरी म्याद दिएको थियो ।

म्याद तोकेर विभागले सूचना निकालेपछि अतालिएका उद्योगी व्यवसायीले सोका विरुद्धमा सर्वोच्च र उच्च अदालतमा रिट दायर गरेका थिए ।

एक करोडभन्दा तलको कारोबारमा असोज मसान्तभित्रको समय दिइएको थियो । त्यसभन्दा माथिको कारोबारमा मंसिर मसान्तसम्म र २० पुससम्मको समय दिइएको थियो । अहिले तोकेको समयअगावै करदाताले फेरि म्याद थपको आग्रह गरेकाले पुस मसान्तसम्मकै (अधिकतम दिन मिल्ने) समय दिइएको विभागले स्पष्ट पारेको छ ।

अब भने उद्योगी व्यवसायीले अर्थात् वार्षिक १ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने ठूला करदाताले आर्थिक वर्ष २०८०÷८१ को आय विवरण पुस मसान्तसम्म बुझाउनै पर्ने हुन्छ ।

सोमबार उच्च अदालत पाटनले कारोबारका आधारमा तोकेको आय विवरण दाखिला गर्ने म्याद थपसम्बन्धी आन्तरिक राजस्व विभागको गत असोजको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेपछि मंगलबार म्याद थपेको जिकिर व्यवसायीको छ । विभागले भने यस विषयमा आइतबार नै निर्णय भएको जनाएको छ ।

सोमबार न्यायाधीश हेमन्त रावलको एकल इजलासले आय विवरण दाखिला गर्ने आन्तरिक राजस्व विभागको गत असोजको सूचना कार्यान्वयन नगर्न प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, राजस्व अनुसन्धान विभागलगायत निकायलाई आदेश दिएको थियो ।

१ करोड रुपैयाँभन्दा तलको कारोबारको हकमा तोकिएको म्याद पहिले नै सकिएका कारण म्याद थप गर्न नसकिएको विभागले जनाएको छ ।

आयकर ऐन, २०५८ को दफा ९६(१) मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधिनमा रही सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्ने प्रावधान छ । ऐनमा उल्लिखित व्यवस्थाबमोजिम हाल विभागको कम्प्युटर प्रणालीमा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वचालित रूपमा म्याद थप हुने व्यवस्था गरेको छ । निजी क्षेत्रका विभिन्न व्यावसायिक–व्यापारिक छाता संगठनहरू तथा करदाताबाट समेत आय विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म कायम गरिदिन आग्रह गरेका थिए । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार