काठमण्डाैंः अवैध २० लाख रुपैयाँ नगदसहित सिरहा नगरपालिका-१९ सोहरूवाबाट एक जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।
सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले स्रोत नखुलेको उक्त रकमसहित अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए ।
भारतबाट नेपाल आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेक जाँच गर्दा रकम ठुलो रकम भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताए । पक्राउ परेका ठाकुरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया