असार २४, २०८२ मंगलबार July 8, 2025

‘अफ सिजन’मा पनि दर्जन बढी नेपाली चलचित्रको छायांकन

यस वर्ष गत वैशाखदेखि मंसिरसम्म रिलिज भएका धेरैजसो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चलचित्र प्रदर्शन र छायांकनका लागि नेपालमा पुस महिना उपयुक्त मानिँदैन । सोही कारण विगतमा न त पुसमा चलचित्रको छायांकन गरिन्थ्यो, न त राम्रा ब्यानरका नेपाली चलचित्र रिलिज हुन्थे । तर, यसपटक पुसमा पनि आधा दर्जन नेपाली चलचित्र छायांकन भइरहेका छन् । थप आधा दर्जन नेपाली चलचित्रको छायांकन सुरु हुँदै छ । यसरी छायांकनका लागि बेमौसम मानिएको पुसमा अरू बेलाका भन्दा धेरै चलचित्र छायांकन हुँदै छन् ।

नेपाली चलचित्रका लागि २०८१ साल नै राम्रो साबित भएको छ । यस वर्ष गत वैशाखदेखि मंसिरसम्म रिलिज भएका धेरैजसो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरे । त्यसैले पनि यतिबेला नेपाली चलचित्र निर्माणका क्रममा एकाएक बढेको छ । जसका कारण दिन छोटो हुने र जाडो निकै हुने पुस महिनामा पनि निर्माताहरूले नेपाली चलचित्रको छायांकन गरिरहेका छन् ।

विगतमा पुसमा छायांकन नहुने हुँदा प्रायः कलाकार तथा प्राविधिक फुर्सदमा हुन्थे । तर, यसपटक पुसमा पनि त्यत्तिकै चलचित्र छायांकन भएका कारण कलाकार तथा प्राविधिकहरू व्यस्त छन् । पुसमा कलाकारहरूले फुर्सद भएको बताएपछि निर्माता निर्देशकहरूले यस पुसमा ‘सेड्युल’ खाली भएका कलाकारहरूको छायांकन राखेका हुन् ।

व्यस्त अभिनेता अनमोल केसीदेखि विपीन कार्कीसम्मका कलाकारको समेत अहिले चलचित्र छायांकन भइरहेको छ । अनमोलको चलचित्र जेरी अनटपको काठमाडौंमा छायांकन चलिरहेको छ । छायांकनकै क्रममा रहेको यस चलचित्रका अभिनेता अनमोल केही दिनका लागि भनेर दुई दिनअघि अमेरिका उडेका छन् । उनी त्यहाँ प्रथम गोल्डेन नेपाली चलचित्र अवार्डमा सहभागी हुन गएका हुन् । अवार्डमा सहभागी भएर अर्को साता उनी नेपाल फर्किएपछि यस चलचित्रको बाँकी छायांकन फेरि अघि बढाइने भएको छ । अहिले बाँकी कलाकारको छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ । निर्देशक सुयोग गुरुङले चलचित्रका बाँकी कलाकार आँचल शर्मा, जसिता गुरुङलगायतको छायांकन गरिरहेका छन् ।

यस वर्ष गत वैशाखदेखि मंसिरसम्म रिलिज भएका धेरैजसो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरे । त्यसैले, पनि यतिबेला नेपाली चलचित्र निर्माणका क्रममा एकाएक बढेको छ । जसका कारण दिन छोटो हुने र जाडो निकै हुने पुस महिनामा पनि निर्माताहरूले नेपाली चलचित्रको छायांकन गरिरहेका छन्

अर्को चलचित्र कर्माको पनि पाँच दिनअघिबाट दाङदेखि छायांकन सुरु भएको छ । माघको दोस्रो साताबाट अभिनेता विपीन कार्की अर्को नयाँ चलचित्र पहाडको छायांकनमा जाने भएपछि निर्देशक सौरभ चौधरीले पुस सुरु भएसँगै दाङबाट कर्माको छायांकन थालेका रहेछन् । छायांकनका लागि दिन छोटो हुने भए पनि पुसमा विपीनको समय मिलेकाले आफूले यतिबेला कर्माको छायांकन गरेको उनले बताएका छन् । माघको दोस्रो सातासम्म यस चलचित्रको छायांकन सक्ने उनको लक्ष्य छ । चलचित्रमा विपीनसँगै उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायतका कलाकारको अभिनय रहेको छ ।

अर्को चलचित्र डोरीको पनि यतिबेला काठमाडौंमा छायांकन भइरहेको छ । यस चलचित्रको दुई साताअघिबाट छायांकन सुरु भएको हो । पुसको दोस्रो सातासम्म यसको छायांकन सक्ने लक्ष्य यसका निर्देशक अरुण लामाको रहेको छ । चलचित्रकी मुख्य अभिनेत्री अञ्जना बराइली माघबाट अर्को चलचित्रको छायांकनमा जानुपर्ने भएकाले पुसमै यसको छायांकन गरेको पनि निर्देशक लामाले बताएका छन् । यस चलचित्रमा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर वाङ्देल, राज पौडेल, वीरेन्द्रसिंह कुशवाहा, विशाल राई, मिलन राई, कविता आले, सजन श्रेष्ठलगायतको अभिनय रहेको छ ।

यस्तै, अर्को चलचित्र प्रेम गीताको पनि यतिबेला काभ्रेका विभिन्न स्थानमा छायांकन भइरहेको छ । चलचित्रको अहिले काभ्रेको पाँचखाललगायतका क्षेत्रमा छायांकन भइरहेको यसका निर्देशक राजेन्द्र बस्नेतले बताएका छन् । दिन छोटो भए पनि मौसमले चलचित्रको छायांकनमा साथ दिइरहेको उनको कथन छ । यस चलचित्रको काभ्रेपछि काठमाडौंमा अब एक सातामा छायांकन सक्ने लक्ष्य राजेन्द्रको रहेको छ । प्रेम गीतामा सुशील पोखरेल, जान्हवी बस्नेत, अर्जुन गुरुङ (भँगेरी डन), साजिद खान, आशा पौडेल, दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का, ममता माझीलगायतको अभिनय रहनेछ ।

यस्तै, यही १० पुसबाट अर्को नयाँ चलचित्र कल्लीको छायांकन सुरु हुने भएको छ । यसका निर्देशक लक्ष्मण सुनारले चलचित्रको सम्पूर्ण तयारी पूरा भएकाले यही बुधबारबाट छायांकन सुरु गरिने बताएका छन् । यस चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, वर्षा राउत, बेनिशा हमाल, उत्तम प्रधान, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल, माओत्से गुरुङ, रवीन्द्र झा, विनोद न्यौपाने, रेअर राईको पनि अभिनय रहनेछ । चलचित्रका निर्माता किरण नेपाली हुन् । यस चलचित्रको छायांकन कर्णालीमा गरिने हुँदा निर्माण टिम कर्णाली यात्राको तयारीमा छ । यतिबेला आफूहरूलाई कलाकारले समय दिएकाले चलचित्रको छायांकन पुसबाटै सुरु गर्न लागेको यसका निर्देशक लक्ष्मण सुनारले जानकारी गराएका छन् ।

अर्को चलचित्र जन्ते बाख्रोको युनिट पनि केही दिनभित्रै छायांकनमा जाने भएको छ । चलचित्रलाई सिमोस सुनारले निर्देशन गरिरहेका छन् । यस चलचित्रको १ पुसबाट छायांकन सुरु गर्ने घोषणा गरिएको थियो । तर, अब भने छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ । अहिले यस चलचित्रको अभिनय कार्यशाला चल्दै छ । जन्ते बाख्रोको छायांकन सकेर अभिनेता सौगात मल्ल अर्को चलचित्र कल्लीमा जोडिने निर्माण पक्षको भनाइ । जन्ते बाख्रोमा सौगातसँगै आसिफ शाह, गरिमा शर्मालगायतको मुख्य भूमिका रहेको छ ।

यस्तै, छायांकनमा जाने तयारीमा रहेको नेपाली चलचित्र सोल्टिनीको पनि अभिनय कार्यशाला अन्तिम चरणमा पुगेको छ । यस चलचित्रको १५ पुसबाट छायांकन सुरु गरिने भएको छ । यस चलचित्रमा प्रकाश सपुत, परीक्षा लिम्बु, विल्सनविक्रम राई, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, रवीन्द्र झा, सुन्दर धिताल र सुजन खतिवडाको पनि चलचित्रमा अभिनय रहने निर्देशक निर्देशक अर्जुन सुवेदीले जानकारी दिएका छन् ।

छायांकनका लागि उपयुक्त नभए पनि यतिबेला नै अभिनेता प्रकाश सपुतको समय मिलेकाले छायांकन सुरु गर्न लागिएको निर्देशक अर्जुनले बताएका छन् । माघबाट प्रकाश सपुत अर्को चलचित्र हरिबहादुरको जुत्ताको छायांकनमा जोडिनेछन् । सोही कारण पनि पुसको दोस्रो साताबाटै सोल्टिनीको छायांकन सुरु गर्न लागेको उनले बताएका छन् । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार