श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चलचित्र ‘एक्टर’को दोश्रो गीत सार्वजनिक

आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’को दोश्रो ‘घर त तिम्रो काठमाडौं मेरो पोखरा’ बोलको रोमान्टिक गीत अंग्रेजी नयाँ वर्षको शुभकामना स्वरुप आम दर्शकमाझ ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ।

नायक प्रिन्स थापा र नायिका शिवानी गीरी माथी फिचरिङ्ग गरिएको गीतमा रामचन्द्र काफ्ले र रश्मि उपाध्यायको स्वर छ भने संगीत सम्राट थापाको रहेको छ।

आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन चलचित्र ‘एक्टर’का निर्माता पत्रकार मनोहरी थापा हुन्।

‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह, निशा केसी भण्डारी लगायतका कलाकारको अभिनय छ। मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया