वैशाख १९, २०८१ बुधबार May 1, 2024

त्रिशुली बचत तथा ऋण सहकारीद्वारा विद्यार्थीलाई छात्रवृत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नुवाकोट जिल्लाको पुरानो तथा अग्रणी सहकारी संस्था त्रिशुली बचत तथा ऋण सहकारी संस्थाले जिल्लाकै पुरानो विद्यालय त्रिशुली माविमा अध्ययनरत दुई जना छात्रालाई सहयोग गरेको छ । सो विद्यालयको कक्षा ११ मा अध्ययनत छात्राहरु रजिना ढुंगाना र निशाा लामालाई नगद सहयोग गर्दै मायाको चिनो समेत प्रदान गरेको छ ।

सहकारीले सहकारीका तर्फबाट सामाजिक उत्तरदायित्व अन्र्तगत जेहेन्दार विद्यार्थीहरु ढुंगानालाई १५ हजार र लामालाई ८ हजार ५ सय नगद प्रदान गरेको अध्यक्ष हरिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

एक कार्यक्रमकाबीच अध्यक्ष श्रेष्ठले नगद प्रदान गर्नुभएको थियो भने उपाध्यक्ष राजेन्द्र अमात्यले खादा लगाएर स्वागत गर्नुभएको थियो भने सचिव राजेश श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । विगत समयदेखि नै सामाजिक उत्तरदायित्व अन्र्तरगत सहकारी अन्य विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया