कार्तिक ८, २०८३ आइतबार October 25, 2026

कांग्रेसद्वारा नुवाकोटमा शक्ति प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विदुर । प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले सरकार अधिनायकवादी शैलीमा अघि बढेको भन्दै त्यसको विरोध गरेको छ । कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार सोमबार मुलुकभरका ७७ जिल्लामा ने विरोध प्रदर्शन गरेको छ ।

यस्तै नेपाली कांग्रेस नुवाकोटले पनि सरकारको अधिनायकवादी शैलीको विरोध गर्दै सोमबार जिल्ला सदरमुकाम विदुरमा शक्ति प्रदर्शन गर्दे विरोध गरेको छ । कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीको नेतृत्वमा कांग्रेसले जुलुस प्रदर्शन गरेको थियो । पार्टी कार्यालय विदुरबाट सुरु भएको जुलुस लोकतान्त्रिक चोक,विदुर,डुंगे हुँदै त्रिशुली बजारको परिक्रमा गरेर सभामा परिणत भएको थियो ।

त्रिशुली बजारमा आयोजित सभालाई कांग्रेसका नेताहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारले जनताले दिएको वाचालाई तोड्दै अधिनायकवादी शैलीमा अघि बढेकाले कांग्रेस विरोधमा उत्रिनु परेको बताउनुभयो ।

उहाले दुई तिहाई समर्थन प्राप्त सरकारले जनतालाई राहत दिनुको साटो झन आहत बनाएको आरोप लगाउनु भयो । नेता केसीले वर्तमान सरकार वाईडबढी भ्रष्टाचारमा डुबेको भन्दै त्यसलाई जोगाउनका लागि कांग्रेस नेताहरुलाई समेत अनावश्यक रुपमा आरोप लगाउने काम गरिरहेको आरोप लगाउनुभयो ।

पार्टी सभापति तथा पूर्व सांसद जगदीश्वरनरसिंह केसीले निर्मला पन्थको हत्यारा जोगाउन सरकार नै सक्रिय रहेको भन्दै त्यसका विरुद्ध कांग्रेसलभण्डाफोर गर्ने चेतावनी दिनुभयो ।

सभापति केसीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नुवाकोटका पूर्व सभापति धुव्र अधिकारी, जिल्ला समन्वय समितिका संयोजक सन्तमान तामाङ,क्षेत्रीय सभापति अर्जुन न्यौपाने,प्रदेश सांसद कल्पना नेपाली, महिला संघकी अध्यक्ष विन्दा अर्याललगायतले मन्तव्य राख्नु भएको थियो । सभाा गाउँ गाउँबाट आएका कांग्रेस कार्यकर्ता सदरमुकाम विदुरमा विरोध प्रदर्शनमा सहभागि भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
२०८३ कार्तिक ८, आइतबार
Police take action against 470 vehicles operators on Saturday alone
२०८३ कार्तिक ८, आइतबार
असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात
२०८३ कार्तिक ८, आइतबार
मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि नयाँ राडार जडानसम्म, सरकारका दुई श्वेतपत्र सार्वजनिक
२०८३ कार्तिक ८, आइतबार
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
२०८३ कार्तिक ८, आइतबार
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
२०८३ कार्तिक ८, आइतबार
कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी
२०८३ कार्तिक ८, आइतबार