असार ५, २०८३ शुक्रबार June 19, 2026

विश्वको सबैभन्दा विवादित फिल्म, दृश्य यति भयानक कि १०० देशमा लाग्यो प्रतिबन्ध

उनको हत्या पछि धेरैले धेरै कोणवाट अनुसन्धान गर्ने देखी अनुमान लगाउनेसम्मका काम गरि नै रहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १३ बैशाख । ‘सालो एण्ड द १२० डेज अफ सदोम’, सिनेमा प्रेमीहरू यी नामहरू सुनेर आज पनि चम्किलो हुन्छन्। सन् १९७५ मा बनेको यो इटालियन फिल्मलाई अहिलेसम्मकै सबैभन्दा विवादित फिल्मको रूपमा लिइन्छ ।

यसको कथा मात्र नभई यसमा देखाइएको क्रूरता, नग्नता र यौनजन्य यातनाका कारण यो फिल्म विश्वभरका सिनेमा प्रेमी र समीक्षकबीच चर्चाको विषय बनेको थियो । सन ७० को दशकमा जब युरोपेली सिनेमा प्रयोगको चरम सीमामा थियो, यो फिल्मले सीमा नाघेर मानवीय क्रूरता र शक्तिको विकृत मानसिकतालाई पर्दामा ल्याएको थियो ।

निर्देशक पियर पाओलो पासोलिनीले निर्देशन गरेको यस फिल्मको कथा चार धनी र भ्रष्ट राजनीतिज्ञको वरिपरि घुमेको छ । फासीवादी शासनकालमा युवाहरु अपहरण गरी उनीहरु माथि अमानवीय अत्याचार गर्नेहरुको कथामा आधारित रहेको छ ।  फिल्ममा शारीरिक हिंसा, मानसिक यातना र यौन शोषणका दृश्यहरू यति ग्राफिक थिए कि धेरैलाई हेर्नै नसक्ने अवस्था थियो ।

फिल्म रिलिज हुने बित्तिकै ठूलो विरोधको सामना गर्नुपरेको थियो । पेरिस फिल्म फेस्टिभलमा यसको प्रदर्शन पछि इटालीमा केही दिनको लागि रिलीज गरिएको थियो, तर चाँडै जनवरी १९७६ मा प्रतिबन्ध लगाइयो। अष्ट्रेलिया, बेलायत र न्युजिल्याण्ड, एसिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिकालगायत करिब १०० देशले यो फिल्मलाई प्रतिबन्ध लगाएका थिए र अझै पनि सो कायमै रहेको छ ।

तर पनि सन् १९७७ मा अमेरिकामा रिलिज भएको थियो तर त्यहाँ पनि अश्लीलता र समाजविरोधी सामग्रीका कारण कानुनी समस्यामा परेको थियो। यो फिल्मलाई लिएर दर्शक र समीक्षकको मत पनि विभाजित रह्यो । कतिपयले यसलाई सत्ता र राजनीतिको अँध्यारो पक्षलाई चित्रण गर्ने ‘आर्ट फिल्म’ भनेका छन् भने धेरैले यसलाई क्रूर र अमानवीय भनेका छन् ।

द न्यु योर्क टाइम्सका भिन्सेन्ट क्यानबीले फिल्मको आलोचना गर्दै भनेका छन् कि यो हेर्नु भनेको आत्मालाई चियाउने अनुभव हो। रोजर एबर्टजस्ता आलोचकले पनि यस्तो फिल्म कहिल्यै नदेखेको उल्लेख गरेका छन् ।

तर, यस पूरै फिल्मलाई अझ रहस्यमय बनाउने कुरा भनेको यसको निर्देशक पासोलिनीको निर्मम हत्या हो। पासोलिनीको नोभेम्बर १९७५ मा निर्ममतापूर्वक हत्या गरियो, फिल्म रिलिज हुनु केही हप्ता अघि उनको निर्ममतापुर्वक हत्या गरिएको हो ।  उनको शवलाई कारले किचेको थियो, उनको हड्डी भाँचिएको थियो र पोष्टमार्टम रिपोर्टले उनको गुप्तांग समेत कुचिएको पुष्टि भएको थियो।

उनको हत्या पछि धेरैले धेरै कोणवाट अनुसन्धान गर्ने देखी अनुमान लगाउनेसम्मका काम गरि नै रहेका छन् । कहिले गुण्डा, कहिले आर्थिक शत्रुता र कहिले राजनीतिक कारण हत्याको कारण भनिन्छ तर आज पनि यो घटना समाधान हुन सकेको छैन, उनको हत्या अझै पनि रहस्यमय नै रहेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार