असार २, २०८३ मंगलबार June 16, 2026

यौन सम्पर्क कम गर्ने महिलालाई रोग लाग्ने जोखिम अत्याधिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ। अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन्। यौनसम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी राकिंदैन।

जब कि अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ। बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ।

डिम्बासयबाट डिम्ब निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने बताउँछन्। यदि गर्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क कम हुँदै जाने भएकाले शरीरले डिम्बा निष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ। सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो। अनुसन्धानमा करिब तीन हजार ४५ वर्षीया महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार