असोज ६, २०८३ मंगलबार September 22, 2026

विजया दशमीका अवसरमा अध्यक्ष प्रचण्डद्धारा शुभकामना सन्देश जारी

जेनजीको मनोविज्ञानअनुसार आफ्नो पार्टीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १३ असोज । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीको मनोविज्ञानअनुसार आफ्नो पार्टीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।

हिन्दू धर्मावलम्बीको चाड विजया दशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘हाम्रो पार्टीले जेन जिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ’ शुभकामना सन्देशमा उल्लेख छ ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा सहित आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत जेनजीसहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको प्रचण्डले स्मरण गरेका छन् । वर्तमान जटिलतालाई चिरेर सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैंजस्ता सांस्कृतिक अन्तघुलनका पर्वहरूले प्रेरणा दिने उनको विश्वास विश्वास छ ।

प्रचण्डले नेपाली जनताका महान् संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दाहरूलाई गम्भीर आत्मसमीक्षा सहित सम्बोधन गर्नेपर्ने जटिल राजनीतिक परिस्थितिमा रहेको समेत बताएका छन् ।

जेनजीको आन्दोलनपछि विगतमा आफूहरूले संविधान जारी गर्दा राखेका फरकमत र पूरा गर्न नसकिएका मुद्दा पूरा गर्ने समय आएको पनि उनले बताएका छन् ।

‘हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन्’ प्रचण्डले लेखेका छन्, ‘यो परिस्थितिमा महान जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन नेकपा माओवादी केन्द्र प्रतिबद्ध रहेको छ ।’

दशैंले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने पनि प्रचण्डको विश्वास छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गिलुङको १५ शय्याको अस्पताल पाँच वर्षदेखि अलपत्र, १३.३७ प्रतिशत मात्रै काम
२०८३ असोज ६, मंगलबार
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
२०८३ असोज ६, मंगलबार
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
२०८३ असोज ६, मंगलबार
परराष्ट्रमन्त्री खनाल र भुटानी प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता
२०८३ असोज ६, मंगलबार
हरिपरिवर्तिनी एकादशी आज, भगवान विष्णुको पूजा–आराधना गरिँदै
२०८३ असोज ६, मंगलबार
रास्वपा दोलखाले तोक्यो नौ वटै पालिकामा संयोजक
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री बालेन आज राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्क जाँनुहुँदै
२०८३ असोज ६, मंगलबार