मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा युद्ध अन्त्य गर्न कतारले गरेको अमूल्य मध्यस्थताका लागि कृतज्ञता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

न्युयोर्क, १८ असोज (रासस/क्यूएनए) ;  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा पट्टीमा जारी दुखद युद्धको अन्त्यका लागि कतारले गरेको संयुक्त तथा अमूल्य मध्यस्थता कार्य प्रति कृतज्ञता व्यक्त गर्नु भएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको हालैको प्रस्तावको आधारमा बन्धकहरूलाई रिहा गर्न र वार्तामा संलग्न हुने घोषणा गर्दै हमासले जारी गरेको बयानबाट आफू उत्साहित भएको पनि जनाउनु भएको छ ।

उहाँले गाजामा युद्ध अन्त्य गर्ने यो अवसरको भरपुर उपयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै तत्काल र स्थायी युद्धविराम, सबै बन्धकहरूको तत्काल र बिना शर्त रिहाई, तथा निर्बाध मानवीय पहुँचको लागि पुनः आह्वान गर्नु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया