असोज २८, २०८२ मंगलबार October 14, 2025

इरानले गाजा सम्झौताका लागि हुने शिखर सम्मेलनमा भाग नलिने : अब्बास

शर्म अल-शेखमा सोमबार हुने शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेताले भाग लिने कार्यक्रम तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, असोज २७ गते । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले सोमबार गाजा युद्ध अन्त्य गर्न इजिप्टको शर्म अल-शेखमा सोमबार हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा तेहरानले भाग नलिने बताउनुभएको छ ।

कूटनीतिक संलग्नताको पक्षमा हुँदा, पनि राष्ट्रपति र इरानी जनतालाई आक्रमण गर्ने धम्की र प्रतिबन्ध जारी राख्ने समकक्षसँग संलग्न हुन नसक्ने अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत जनाउनुभएको हो ।

यद्यपि इरानले गाजामा इजरायलको “नरसंहार”अन्त्य गर्ने र इजरायली सेनाको निष्कासन सुनिश्चित गर्ने सबै पहललाई स्वागत गर्ने उहाँले बताउनुभएको छ । अराघचीले प्यालेस्टिनी “आत्मनिर्णयको मौलिक अधिकार सुरक्षित गर्न पूर्णरूपमा हकदार भएको जनाउँदै सबै राज्यले उनीहरूलाई यस विषयमा सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले इरान सधैं यस क्षेत्रको शान्तिका लागि एक “महत्वपूर्ण पक्षधर भएको उल्लेख गर्दै इजरायलको विपरीत, इरानले “सदाका लागि युद्ध” नभई स्थायी शान्ति, समृद्धि र सहयोग चाहने बताउनुभएको छ । शर्म अल-शेखमा सोमबार हुने शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेताले भाग लिने कार्यक्रम तय भएको जनाइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ असोज २८, मंगलबार
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता
२०८२ असोज २८, मंगलबार
गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
२०८२ असोज २८, मंगलबार
कांग्रेस केन्द्रीय समिति बैठक आज सानेपामा, सभापति देउवा पहिलोपटक सार्वजनिक हुँदै
२०८२ असोज २८, मंगलबार
हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित नरहेको पुष्टि
२०८२ असोज २८, मंगलबार
विदेशी मुद्राको विनिमयदर सार्वजनिक : रुपैयाँ सुदृढ, डलर र युरो कमजोर
२०८२ असोज २८, मंगलबार
विश्वकप छनोटः नेपालद्वारा कतार पराजित
२०८२ असोज २८, मंगलबार