असार २३, २०८२ सोमबार July 7, 2025

फेसबुकबाट अपहरणको नाटक गर्ने महिला पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सामाजिक सञ्जाल फेसबुकबाट अपहरणको नाटक गर्ने एक महीलालाइ प्रहरीले पक्राउ गरेको छ ।

काल्पनिक घटना बनाएर आफू अपहरणमा परेको नाटक गर्ने ठाकुरबाबा नगरपालिका–४ मैनवा घर भई नेपालगञ्ज उपमहानगरपालिका–६ फूलटेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरी लाइ जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।

उनले सानु दहितको नामबाट एक केटीको फोटो राखेर नवलपरासीका एकजना केटालाई साथी बनाएकी थिइन् । आफूले झुटो कुरा गरेको कारण केटालाई भेट्नु पर्ने बाध्यताले आफूले अपहरणको नाटक गरेको उनले बताएकी छन् ।

उनले ती युवकसँग आफू २२ वर्षीया युवती भएको, आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको भनी ढाटेर कुरा गरेकी थिइन् । गत २६ गते आफ्नै गाडीमा नेपालगञ्जबाट पोखरा जान लागेको र बाटोमा भेटेर सँगै पोखरा जाने बताएकी उनले चन्द्रौटामा आफू गाडीसहित अपहरणमा परेको खबर गरेकी थिइन् ।

अनुसन्धानका क्रममा सबै झुटो भएको खुलेपछि प्रहरीले उनलाई नियन्त्रणलाई लिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया