असार २३, २०८२ सोमबार July 7, 2025

ललितपुरबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ललितपुरबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद गरिएको छ ।

ललितपुर महानगरपालिका–१४ ताल्छीखेलबाट बिहीबार जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषहरुबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद भएको ललितपुर प्रहरीले जनाएको छ ।

पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार खरिद गर्ने क्रममा नक्कली नोट दिएर फरार भएको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले सो नक्कली नोट बरामद गरेको हो ।

सुन पसलेका अनुसार बिल समेत नलिई उनीहरु फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ गड्डीमा ४६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १र१ थान सक्कली नोट बरामद भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया