श्रावण १८, २०८३ सोमबार August 3, 2026

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

डा. अनुप बास्तोला सरुवा रोग अस्पतालको निर्देशकमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को कार्यकारी निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएकी थिइन् ।

तर निर्णय माघ ४ गते नै भए पनि नियुक्ति पत्र भने केही ढिला गरी हिजो मात्र दिइएको मन्त्रालयले जनाएको छ ।

यसअघि टेकु अस्पतालको निर्देशकको भूमिकामा डा. युवानिधि बसौला कार्यरत थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डा. बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेसँगै टेकुमा निर्देशक पद रिक्त भएको थियो ।

संक्रामक रोग विशेषज्ञका रूपमा चिनिने डा. बास्तोलाको पुनरागमनसँगै टेकु अस्पतालको सेवा प्रवाह र आगामी दिनमा आउन सक्ने सरुवा रोगको चुनौती सामना गर्न थप सहज हुने विश्वास लिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया