श्रावण २०, २०८३ बुधबार August 5, 2026

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्यः डा सिके राउत

सङ्घ, प्रदेश र स्थानीय तहमा विद्यमान संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी। जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको राजनीतिक निकास र दिगो विकासका लागि नयाँ गणतन्त्र र प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य रहेको बताउनुभएको छ ।

प्रेस जनमत सङ्घले आज यहाँ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले सार्वजनिक गरेको घोषणापत्रमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा विद्यमान संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएको बताउनुभयो ।

अध्यक्ष डा राउतले सुशासन र समृद्धिको यात्रा पूरा गर्दै देशको विकास र निकासका निम्ति आफ्नो पार्टीले नौलो गणतन्त्रको ‘एजेन्डा’ अगाडि सारेको बताउनुभयो । उहाँले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन गर्दा भ्रष्टाचार अन्त्य हुने उल्लेख गर्नुभयो ।

“देश अहिले सङ्कटमा छ, त्यो सङ्कट पनि बहुआयामिक छ । संविधानमाथि नै धावा बोलिएको छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष राउतको भनाइ थियो ।

उहाँले प्रदेशको पूर्ण स्वायत्तताका सन्दर्भमा जनमत पार्टीले मधेसलगायत सबै प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साधन–स्रोत र प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेको बताउनुभयो ।

आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गर्दै सप्तरी क्षेत्र नं २ का उम्मेदवार राउतले रोजगारी सिर्जना, प्रशासनिक सुधार र जनमुखी विकासका कार्यक्रमहरू आफूले अघि बढाइए पनि प्रदेशलाई पूर्ण स्वायत्तता नदिएसम्म समस्या भइरहने धारण राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार