कार्तिक ४, २०८३ बुधबार October 21, 2026

राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

चलचित्र विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गर्ने कार्यतालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ ।  आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्दैछ ।

आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन\ शेर्पाले ‘संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक बर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया