कार्तिक ४, २०८३ बुधबार October 21, 2026

राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । बिहिबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो ।

आज विधायन व्यवस्थापन समितिको बैठक ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक दिनको १ बजे बस्ने तय भएको छ । साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया