काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ मनोरञ्जनात्मक गीत ‘घुम्न जाऔँ मायालु’ सार्वजनिक भएको छ। गीतकार तथा गायिका गीता भट्टराई र चर्चित गायक नवीन पौडेल को स्वरमा रहेको उक्त गीतले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।
उक्त गीतमा शब्द स्वयं गीता भट्टराईको रहेको छ भने संगीत सरोज विरही कार्की ले तयार पारेका हुन्। मनोरञ्जनात्मक शैलीमा निर्माण गरिएको गीतले प्रेम र घुमफिरको रमाइलो भाव प्रस्तुत गर्दछ।
गीतको भिडियोमा नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरू साराङकोट, नगरकोट र सिन्धुली लाई आकर्षक ढंगले समेटिएको छ, जसले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सन्देश दिने प्रयास गरेको छ।
भिडियो निर्देशन मिलन श्रेष्ठ ले गरेका छन् भने कलाकार जुना कार्की र सागर थापा को अभिनय देख्न सकिन्छ।
सार्वजनिक भएदेखि नै गीतले युट्युबमा राम्रो प्रतिक्रिया बटुलिरहेको छ र दर्शकहरूले यसको लोकेशन, संगीत तथा प्रस्तुतीकरणको प्रशंसा गरिरहेका छन्।
भिडियो हेर्नुहोस्
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया