असोज २७, २०८३ मंगलबार October 13, 2026

आजको मौसम पूर्वानुमान : केही स्थानमा चट्याङसहित वर्षा हुने

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ।हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा तराईका भू–भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार