बैसाख २१, २०८३ सोमबार May 4, 2026

तीनवटा सवारीसाधन ठोक्किदा १२ जना घाइते

घाइतेहरूलाई उपचारका लागि चितवनमा लगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक सोमबार बिहान नेपालगन्जबाट काठमाण्डौंतर्फ आउँदै गरेको लुप्र०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र०१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा३ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ

त्यसैगरी, बसमा सवार ९ जना यात्रु पनि सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चितवन लगिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
२०८३ बैसाख २१, सोमबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ बैसाख २१, सोमबार
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार