असोज २७, २०८३ मंगलबार October 13, 2026

मुग्लिङ-नागढुङ्गा सडक आजदेखि तीन दिन रातिमा बन्द हुने

एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन लगायत अत्यावश्यक सेवामा संलग्न सवारीलाई भने आवागमनमा रोक नलगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । देशको मुख्य राजमार्गमध्ये एक मानिने मुग्लिङ–नागढुङ्गा सडकखण्ड आजदेखि तीन दिनसम्म रातिको समयमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवन ले सार्वजनिक गरेको सूचनाअनुसार सडक स्तरोन्नती कार्यका कारण उक्त खण्डमा सवारी आवागमनमा अस्थायी प्रतिबन्ध लगाइएको हो।

प्रशासनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ अन्तर्गत पर्ने घोप्टेभिर लगायतका विभिन्न जोखिमयुक्त स्थानहरूमा सडक मर्मत तथा स्तरोन्नतीको काम सञ्चालन गरिनेछ। यही कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आजदेखि चैत १९ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको हो।

यस अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन लगायत अत्यावश्यक सेवामा संलग्न सवारीलाई भने आवागमनमा रोक नलगाइने प्रशासनले स्पष्ट पारेको छ। अन्य निजी तथा सार्वजनिक सवारीसाधनलाई भने तोकिएको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार