जेठ ६, २०८१ आइतबार May 19, 2024

जिउँदै श्रीमानलाई मृत्यु भयो भन्दै श्रीमतीले मलामी बोलाएको टिकटक भाईरल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मानिसहरु चर्चाका लागि के सम्म गर्न सक्छन् भन्ने उदाहरण देखिएको छ । पाकिस्तानमा आदिल राजपूत नामका व्यक्ति टिकटकमा चर्चित छन् । उनकी पत्निलाई पतिको टिकटक फलोअर बढाउन मन लागेपछि अनौठो हर्कत गरिन् जसका कारण यी दम्पति सबैको गाली खाइ रहेका छन् ।

चीनको लोकप्रिय भिडियो साझेदारी गर्ने एक टिकटक नेपालमा पनि उत्तिकै चर्चामा छ । यो एप भारतमा भने चल्न नमिल्ने बनाइएको छ । तर, पाकिस्तानमा यसको प्रयोग आवश्यकता भन्दा बढि नै गर्न थालेको पाइएको छ । आजतकमा छापिएको समाचार अनुसार पाकिस्तानका चर्चित टिक टक प्रयोगकर्ता दिल राजपूतर उनकी श्रीमतिले फलोअर संख्या बढाउन यस्तो हर्कत गरेको कुरा अहिले चर्चामा छ ।

पाकिस्तानको रहिमबाद इलाकामा रहेको रशीदाबाद क्षेत्रमा बस्ने ती महिलाले आफ्नो पतिको एकाउण्टबाट टिकटकमा एक भिडियो अपलोड गरिन्। भिडियोमा, महिला रोइरहेकी छिन् र आफ्ना अनुयायीहरूसँग उनको पतिको निधनको समाचार साझेदारी गर्दै भनिरहेकी छिन् कि उनको एक दुर्घटनामा निधन भयो।

भिडियो अपलोड भएको केही मिनेट पछि, यो सोशल मिडियामा भाइरल भयो । भिडियो हेरेपछि, मान्छेहरूको भीड ती महिलाको घरको बाहिर जम्मा भयो । व्यक्तिहरू यहाँ उनीहरूको मनपर्ने टिक टक स्टारलाई श्रद्धांजलि दिन आएका थिए । कुरा कतिसम्म पुगेको थियो जब व्यक्तिको निधन घरको नजिकको मस्जिदबाट घोषित भएको थियो तब छिमेकीहरु समेत मलामी आएका थिए । जब बास्तविकता थाहापाएपछि मानिसहरु धेरै रिसाए र उनीहरुलाई गाली गर्न थाले । अहिले महिलाले गरेको यो हरकत भाइरल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया