काठमाण्डौं । लीलाकुमारी भण्डारीले राष्ट्रियसभाको उपाध्यक्ष पदको शपथ ग्रहण गरेकी छन्।
शीतल निवासमा आयोजित शपथ समारोहमा नारायण दाहालबाट उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
राष्ट्रियसभामा रहेका दलहरूबीच सहमतिपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट भण्डारी उपाध्यक्षमा सर्वसम्मत रूपमा चयन भएकी थिइन्।
शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्याल लगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
भण्डारीको नियुक्तिसँगै राष्ट्रियसभाको नेतृत्व थप सुदृढ हुने विश्वास गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया