असार ११, २०८३ बिहिबार June 25, 2026

करोडौंका ‘होल्डिङ सेन्टर’ प्रयोग विहीन

अस्पतालमा उपचार गराउन आउने क्षयरोग र टीभीका बिरामीका लागि बस्ने व्यवस्था नभएकाले क्षयरोग उपचार केन्द्रका रूपमा सञ्चालन गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोधारा चाँदनी (कञ्चनपुर), २८ चैतः कोरोना महामारीको समयमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ अहिले प्रयोगविहीन बनेका छन् ।

तत्कालीन आवश्यकताअनुसार भारतबाट फर्किने नागरिकलाई व्यवस्थापन गर्न बनेका संरचना प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका हुन् । त्यतिबेला सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारी क्षेत्रमा रु २९ करोड २५ लाखमा एक हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र १५ भान्सा लगायतका संरचना निर्माण गरेको थियो । उक्त संरचना प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका छन् ।

सरकारले करोडौँ खर्च गरेर निमार्ण गरेका संरचना जीर्ण बन्दै गएकाले यथाशिघ्र प्रयोगमा ल्याउनुपर्ने स्थानीयको माग छ । “अहिले लागुऔषध दूव्र्यसनीको अवस्था भयावह छ त्यसलाई सुधार केन्द्रका रूपमा सञ्चालन गर्न सकिन्छ ।” यहाँका स्थानीय रमेश जोशीले भन्नुभयो, “राज्यको ठुलो रकम खर्च भएको छ कुनै न कुनै रूपमा प्रयोगमा आउनुपर्छ ।” नजिकै रहेको महाकाली प्रादेशीक अस्पताल छ ।

अस्पतालमा उपचार गराउन आउने क्षयरोग र टीभीका बिरामीका लागि बस्ने व्यवस्था नभएकाले क्षयरोग उपचार केन्द्रका रूपमा सञ्चालन गर्नुपर्ने गणेश बमले जानकारी दिनुभयो । “यहाँ क्षयरोग, टीभीका बिरामीले बस्ने व्यवस्था छैन यसको केही भागलाई क्षयरोग र टीभीका बिरामीका लागि प्रयोग गर्दा उपयुक्त हुन्छ,” उहाँले भन्नुभयो । स्थानीय प्रशासनले लामो समयदेखि प्रयोगविहीन बनेका ‘होल्डिङ सेन्टर’ सञ्चालनमा ल्याउन वैकल्पिक उपायको खोजी सुरु गरेको छ ।

प्रयोगविहीन ‘होल्डिङ सेन्टर’ प्रयोगमा ल्याउनका लागि विभिन्न विकल्पमा छलफल भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिनुभयो । “यसअघि पनि ‘होल्डिङ सेन्टर’ प्रयोगमा ल्याउन विभिन्न विकल्पमा मन्त्रालयमा पत्राचार भएको रहेछ ।” प्रजिअ कोइरालाले भन्नुभयो, “उक्त संरचनालाई प्रयोगमा ल्याउन छलफल भइरहेको छ ।” उहाँले अध्ययन गरेर केहिदिनै टुङ्गोमा पुग्ने बताउनुभयो ।

यसअघि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन उप–समितिले ‘होल्डिङ सेन्टर’ प्रयोगमा ल्याउन चार विकल्प प्रस्ताव गरेको थियो । सो अध्ययन समितिले एक हजार क्षमताको संरचनाको २५/३० प्रतिशत विपदको प्रयोगका लागि र बाँकी लागूऔषध दुव्र्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने प्रस्ताव मन्त्रालयमा पठाएको थियो । सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा एक हजार वेड क्षमताको होल्डिङ सेन्टर निमार्ण गरेको हो ।

रु २९ करोड २५ लाखमा ठेक्का सम्झौता हनुमान कन्सट्रक्सन होल्डिङ सेन्टर निर्माण गरेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘ड्युटी’को समयमा सेवाग्राहीसँग नमस्ते गर्न ट्राफिक प्रहरीलाई ‘सर्कुलर’
२०८३ असार ११, बिहिबार
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
२०८३ असार ११, बिहिबार
पूर्वाधार निर्माणमा धवलागिरिको फड्को
२०८३ असार ११, बिहिबार
पोषण लेखाजोखा : तीन सय ४७ बालबालिका कुपोषित
२०८३ असार ११, बिहिबार
भूकम्पपछि भेनेजुएलामा भागाभाग, ठूलो मात्रामा जनधनको क्षति अनुमान
२०८३ असार ११, बिहिबार
समिट-ग्रिनविच विवाद उत्कर्षमा: निर्माणपूर्व नै कार्यविधि संशोधन किन?
२०८३ असार ११, बिहिबार
सिंहदरबारमा समानान्तर केन्द्रको अभ्यास : १७ मन्त्रीलाई डेढ सयभन्दा बढी सहयोगी
२०८३ असार ११, बिहिबार