मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता

इरान भ्रमणमा आएका पाकिस्तानी सेनाका प्रमुख मुनिरले इरानी सभामुख गालिबाफसँग भेट र कुराकानी गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पाकिस्तानी मध्यस्थकर्ताहरूले संयुक्त राज्य अमेरिका र इजरायलसँगको युद्ध अन्त्यको प्रयासमा समन्वयका लागि इरानको भ्रमणमा रहनुभएका पाकिस्तानका सेनाका कमान्डर फिल्ड मार्शल असिम मुनीरले बिहीबार इरानी संसदका सभामुख मोहम्मद बाघर गालिबाफसँग भेट गर्नुभएको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार अमेरिका र इजरायलसँगको युद्ध अन्त्यको लागि थप वार्ता गर्ने बिषयमा इरानी प्रतिनिधिमण्डललाई शान्तिका लागि थप प्रयासबारे विश्वास दिलाउन र यसमा भाग लिन दबाब दिन मुनिरले इरान भ्रमण गर्नुभएको हो ।

“हिजो इरान भ्रमणमा आएका पाकिस्तानी सेनाका प्रमुख मुनिरले इरानी सभामुख गालिबाफसँग भेट र कुराकानी गर्नुभएको छ,” बिहीबार बिहान जारी रिपोर्टलाई उद्धृत गर्दै इरानी टेलिभिजनले उल्लेख गरेका छन् ।

सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सुरक्षा अधिकारी अली लारिजनीको हत्यापछि जारी पाँच हप्ताभन्दा बढी लामो युद्धपछि गालिबाफलाई इरानको शीर्ष वार्ताकारको रूपमा हेरिएको छ । उहाँ गत सप्ताहन्तमा संयुक्त राज्य अमेरिकासँग पहिलो चरणको वार्ताका लागि पाकिस्तान जानुभएको थियो ।

मुनिर आफ्नो प्रतिनिधिमण्डलसँग तेहरान पुगेको एक दिनपछि भएको पछिल्लो बैठकको विषयवस्तुको बारेमा थप विवरण सार्वजनिक गरिएको छैन ।

इरानको सरकारी टेलिभिजनले शान्ति योजनाको प्रस्तावलाई अमेरिकाद्वारा पठाइएको सन्देशको रूपमा वर्णन गरेको छ ।

इस्लामावादमा भएको पहिलो चरणको वार्ताले कुनै सम्झौता गर्न विफल भएपछि दुवै देशका प्रतिनिधि फिर्ता भएका थिए ।

यद्यपि, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले बुधबार पत्रकारहरूसँग थप वार्ता इस्लामाबादमा हुने सम्भावना रहेको पुष्टि गर्नुभएको छ।

सैन्य पोशाक लगाएका मुनिरले कालो सुट र टाई नलगाएको सेतो सर्ट लगाएका इरानको रिभोलुसनरी गाड्र्सका अनुभवी व्यक्तित्व गालिबाफले कालो सुट र सेतो सर्ट लगाउनुभएको बैठकको तस्वीर इरानी सञ्चारमाध्यमले दिएका छन् ।

गालिबाफ र उहाँको प्रतिनिधिमण्डलले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग बन्द कोठामा वार्ता गरेका थिए, जुन सन् १९७९ को इस्लामिक क्रान्ति अघिदेखि इरान–अमेरिका बिचको उच्च स्तरीय सम्पर्क थियो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले अर्को चरणको वार्ताको मिति तय नगरिएको बताउनुभएको छ ।

इरानको प्रमुख वार्ताकारका रूपमा आफ्नो स्थितिलाई अझ बलियो बनाउँदै गालिबाफले बिहीबार लेबनानी संसदका सभामुख नबिह बेरीलाई टेलिफोन वार्तामा इरानमा युद्धविराम हुँदा लेबनानमा पनि युद्धविराम उत्तिकै ‘महत्त्वपूर्ण’ रहेको बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार